• फागुन ५,पथरी ।
    नेपाल आईडलका फाईनलिष्ट प्रताप दासले पथरी वासीलाई छमछमी नचाए ।
    दासले ‘मलाई माफ गरिदेउ‘’बोलको सेन्टिमेन्टल गीतबाट स्टेजमा उक्लिएका दासले । दर्शकलाई सेन्टिमेन्टल गितमा झुमाउदै आफ्नो प्रस्तुतिको रफतार वढाएका थिए ।


    उनले अनुराग फिल्मको ‘सोरमा सोर‘’, ‘अलिकति जोस‘’, ‘पल पल‘’, ‘हेर्दा राम्रो‘’, ‘मोटरसाइकलमा‘’, गुराँस फुल्यो..’ र ‘तालको पानी‘’गीत गाउदा दर्शक छमछमी नाचेका थिए ।
    शनिवारको साझलाई सजाउन अर्का हास्य विधाका गायक थिए, श्रीकृष्ण लुइटेल । ‘बुटेलमा‘’, ‘बाँके बर्दिया‘’, ‘मुखमा हान्नु जस्तो‘’, ‘साली कमला‘’, ‘ए बा किन्देउन भटभटे‘’, ‘डल्लेको बहिनीले‘’ जस्ता गित गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
    त्यसै गरि साँझलाई रमाईलो वनाउनका लागि स्थानिय गायक समिर विक र रोजी डान्स सेन्टर(उर्लाबारी)को नृत्यले दर्शकहरुको ध्यान खिचेका थिए ।


    शनिवार शीन भिलेज पार्टी प्यालेसमा रेडियो रिदम ९९.७ मेघाहर्ज ले सो कार्यक्रमको आयोजना गरेको थियो ।
    कार्यक्रममा मुख्य प्रायोजक सिजि नेपाल आइस, प्रायोजकहरु पूर्वेली होटल एण्ड पार्टी प्यालेस, कृषा ईन्भेष्टमेन्ट प्रालि पथरी, अन्नपूर्ण वोर्डिङ स्कुल, काविल कन्ट्रक्सनस प्रालि पथरीशनिश्चरे १० रहेको कार्यक्रम संयोजक मनु खड्काले वताइन् । कार्यक्रममा २ सय देखि १ हजार रुपैयासम्मको टिकटको व्यस्थापन गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…