• फागुन ६, काठमाडौं । अनुपबिक्रम शाही पछिल्लो फिल्म ‘पुरानो बुलेट’ मा बुलेट राजा बनेका छन् । फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । चैत १ देखि प्रदर्शनमा आउन लागेको ‘पुरानो बुलेट’ लाई पत्रकारिताबाट फिल्म निर्देशनमा लागेका युवा भीषण राईले निर्देशन गरेका हुन् ।

    यस अघि जोनी जेन्टलमेन, पुरानो डुङ्गामा लगायतमा गरेको कामको अनुभवलाई निर्देशक राईले ‘पुरानो बुलेट’ मा निखारेको बताएका छन् । प्रेम रोमान्स र एक्सन जनरामा बनेको ‘पुरानो बुलेट’ बाट नायक अनुपबिक्रम शाही समेत आशावादी छन् । यस अघिका जयशम्भु, हसिया, विरविक्रम, किङ्ग, विरांङ्गना जस्ता चलचित्र आएपनि दर्शकको नोटिसमा पर्न सकेका थिएनन् ।

    फिल्ममा अनुपबिक्रम शाहीसँगै वर्षा शिवाकोटी र माला लिम्बूको मुख्य भूमिका रहेको छ । फिल्ममा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बू, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोककुमार राई, टीकाराम राई लगायतको अभिनय रहेको छ ।

    फिल्मलाई अशोककुमार राई, दीपेन्द्र लिम्बू, विरेन साम्बा र टिकाराम राईले संयुक्त रूपमा निर्माण गरेका हुन् । हरि घले लामाको छायांकन, उत्तमजंग लिम्बू र जयन जे. वाइबाको संगीत रहेको फिल्ममा कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन ।

    निर्देशक राईले फिल्ममा पूर्वेली लवजलाई प्रस्तुत गरेका छन् । उनले फिल्ममा पैसालाई मकैको दानासँग तुलना गरेका छन् ।

    ट्रेलर हेर्नुहाेस्

    https://www.youtube.com/watch?v=oWaQNX9H3Z0&t=10s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…