• रातोकलम अनलाइन!

     फेब्रुअरी १७, मलेसिया

    नेपाल अादिवासी जनजाति महासंघ मलेसियाको पहिलो बैठक मलेसियाको क्वालालम्पुर स्थित परदेशी रेस्टुरेन्टको सबाहलमा आज सम्पन्न भएको छ।जनवरी २७ तारिख महाअधिवेसन पछि बसेको समिक्षात्मक बैठक नव निर्वाचित अध्यक्ष रविन राईको अध्यक्ष्यतामा सम्पन्न भएको हो।

    बैठकमा सदस्यता पत्र बितरण, मासिक लेबी, विभागिय कार्यको बाडफाड ,पदपूर्ति साथै भावि कार्ययोजना सहित विभिन्न विषय उपर छलफल भएको थियो।विभागिय कार्यको बाडफाडमा सुचना तथा सञ्चार प्रमुखमा समितिका सचिव अर्पण मगर, प्रवक्तामा ईश्वर राई, खेलकुदमा दुर्गा लिम्बू , चयन गरेको छ।अधिवेशन पछि अपूर्ण रहेको सह कोषाध्यक्षमा शेर्पा किदुङका महिला सदस्य लमू शेर्पालाई चयन गरेको हो।

    नया कार्यसमितिको बैठकले महासंघको कोषमा रहने सम्पुर्ण अार्थिक रकमको २०% अापतकालिन राहत कोष बनाई जम्मा गर्ने र महासंघमा अावद्व रहेका सदस्यहरूको अापतकालिन राहतका लागि खर्च गरिने समेत निर्णय गरेको छ। बैठक रमाहरोह बिच एक कार्यक्रम गरि महासंघका पूर्व कार्यवहाक अध्यक्ष राम ताामाङ ङमर्वेली ठुले लाई सम्मान पत्र साथै दोसल्ला अोढाइ सम्मान सहित बिदाई गरिएको थियो।

    महासंघका पूर्व अध्यक्ष पिटी शेर्पा निलम्बित भए पछि उहाँ कार्यबहाक अध्यक्षमा चयन भए पनि कार्यबाहक अध्यक्षको करार अवधि सकिन लागेपछि नियमित समय अघि नै महासंघले अधिवेशन गर्नु परेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…