• कुमार खड्का फागुन ६,पथरी
    मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १ मा रहेको न्यु प्यागोडा बोर्डिङ स्कुलले सोमवार आफ्नो २७ औ स्थापना दिवशको अवसरमा २ शिक्षक सहित १० जना अभिभावकलाई सम्मान गरेको छ ।


    विध्यालयले विध्यार्थीको अध्ययनमा मात्र नभएर समग्र वृति विकाशमा उल्लेख्य भुमिका खेल्ने २ जना महिला शिक्षक गोमा तिम्सीना र सुशिला सुव्बा लाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ ।
    साथै विध्यालयले सोहि अवसरमा कानेपोखरी गाउपालीका र पथरीशनिश्चरेका अभिभावक हरुलाई सम्मान गरेको हो ।
    सम्मानित हुने हरुमा नर वा लिम्वु,कमल वा वस्नेत,कमल वा कार्की,कालि वा राई, पदम वा अधिकारी,गाँगा प्रसाद खरेल,तुलसी माया गुरुङ,ईश्वरी प्रसाद घिमिरे, रेनुका देवि थापा, हरी कुमार राई रहेका छन् । सम्मानित हुने अभिभावक हरुलाई विध्यालयले सम्मान पत्रले सम्मान गरेको थियो ।
    साथै विध्यालयले वार्षीक उत्वसलाई भव्य वनाउनका लागि अभिभावक हरुलाई म्युजिकल चेयर,छेलो,हण्डी फोर खेलमा सहभागि गराई ति खेलहरुमा प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने अभिभावकहरुलाई पनि पुरस्कृत गरेको विध्यालयका प्रधानाध्यपक उद्घव निरौलाले वताए ।
    विध्यालयले स्थापनको २७ औ वर्षीक उत्सव तथा अभिभावक दिवश मनाउने क्रममा हरेक वर्ष उत्कृष्ट अभिभावक,शिक्षक तथा विध्यार्थीहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।


    सोको निञ्तरता स्वरुप विध्यालयले वार्षीक उत्सवको अवसरमा कक्षा गत रुपमा यस वर्ष उत्कृष्ट हुने पहिलो,दोस्रो र तेस्रो हुने विध्यार्थीहरुलाई प्रात्साहन स्वरुप सम्मान गरेको छ साथै उनिहरुलाई श्रेणीगत हिसावले मासिक सुल्कमा ७५,५०र२५ प्रतिशत सम्मको छुट समेत दिएको विध्यालयका सस्थापक तथा विध्यालयका निर्देशक टिका दंगालले वताए ।
    कार्यक्रम विध्यालयका शिक्षक अभिभावक सघका अध्यक्ष विश्वमणी निरौलाको सभापतित्वमा सञ्चालन भएको थियो भने कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख दिलिप कुमार राई विशिष्ठ अथिति मोरङ प्यावसनका अध्यक्ष अर्जुन वस्नेत रहेका थिए
    कार्यक्रमका प्रमुख अथिति राईले नानीहरुको शैक्षिक उननयन का लागि विध्यालय लाई तिरेको रकम खर्च नसम्झी आफ्ना नानिहरु माथी गरेको लगानी सम्झनु पर्ने वताएका छन् ।
    त्यसै गरि प्यावसन मोरङका अध्यक्ष वस्नेतले विध्यालयले आफ्ना विध्यार्थीहरुलाई कितावी ज्ञान मात्र नदिएर सु–सस्कृत,नैतिकवान र आफ्नो उत्तरदायित्व वोध आफै गर्न सिकाउने व्यावहारीक शिक्षा पनि दिनुपर्ने आवश्यत्ता रहेको वताए ।
    विध्यालयले वार्षीक उत्सवको अवसरमा विध्यार्थीहरुको विभिन्न क्षमतालाई समेटेर नृत्य,गाएन तथा सन्देश मुलक नाटक “वल्ल आखा खुल्यो” समेत प्रस्तुत गरेको छ । कार्यक्रको औपचारीक सञ्चालन विध्यालयकी शिक्षक दुर्गा सुवेदी दंगालले गरेकी थिईन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…