काठमाडौं । पुर्व राजा ज्ञानेन्द्रले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शूभकामना व्यक्त गर्नु भएको छ ।
हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो ।
सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन नसक्ने बताउनु भएको छ ।
जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।
आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको बताउनुभएको छ ।
यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रति दिन कमजोर बनिरहेको छ जारी विज्ञप्तिमा उल्लेख छ ।