• अनुज सापकोटा
    बिराटनगर । मोरङ कांग्रेसका सभापति तथा संविधान सभाका सदस्य  उमेरले ५५ काटिसके तर उनि पढन छाडेका छैनन् । हो लिम्बु डिग्री क्याम्पस विराटनगरमा पढ्दैछन् । उनि राजनीतिशास्त्र दोस्रो वर्षको समेत परिक्षा दिएर वसेका छन् । २० वर्ष अघि आफै शिक्षक रहेका लिम्बु बुढेसकालमा विद्यार्थी बन्दा कस्तो अनुभव हुँदो रहेछ भन्ने प्रश्नमा फिस्स हासे ।
    पढ्ने चहानालाई उमेरले छेक्दैन लिम्बुले भने तर युवा उमेर जस्तो जोश र जाँगपर कम हुँदो रहेछ । लिम्बु विराटनगर स्थित मुनालपथमा डेराघरमा बस्दा किताबमा घोत्लिरहेको देखिन्थे ।
    नेपाली कांग्रेस मोरङको कमाण्ड समालिरहदा अध्यय्न समय धेरै मिल्दैन । कम समयमा धेरै पढ्नुपर्ने वाध्यता उनलाई पर्छ । हरेक दिन हुने पार्टीको कार्यक्रम तथा पार्टी संगठनमा उनको उपस्थिति रहन्छ ।

    व्यस्त वावजुतका विचमा आएको नतिजा चाहेको जस्तो आएन पहिलो वर्ष ।डिग्री कलेजमा लिम्बु मात्र होईन एक दर्जन वढी ५५ वर्ष कटेकाहरुले अध्ययन गरिरहेका छन् । वेलवारी नगरपालिमा नेपाली कांग्रेसको तर्फवाट मेयरका उमेद्धार तथा नेपाली कांग्रेसका जिल्ला सदस्य राजकुमार लिम्बु डवल डिग्री गर्ने सोचका साथ तथा कानुन व्यवसायी मधुसुदन चौधरी स्नातकोत्तर अध्यय्न गरिरहेका छन् ।
    उमेरले ५७ पूगे बिश्लेषक ओम आचार्य २०३५ सालमा एसएलसी गरेका आचार्यले २०४५ सालमा धरान वाट विए पास गरे । त्यसयता काठमान्डौवाट प्रकाशित हुने देशान्तर साप्ताहिकमा रिपोर्टरको काम गर्थे ।

    ०३५ देखि ४५ सम्म १० वर्ष साहित्यमा मोडिए । कांग्रेसको मुखपत्र चारतारेको सम्पादकको रुपमा हाल उनि काम गरिरहेका छन् । आचार्य प्रशिक्षण विभागको सदस्य भएर समेत काम गरिरहेका छन् । आचार्यले स्नातकोत्तरमा भर्ना लिनुको कारण परिवार संग जोडिएको छ । स्नाकोत्तर अध्यय्नका लागि न्युजिल्याण्ड पूगेका उनका २१ वर्षे छोराको दुर्घट्नामा मृत्यु भएपछि छोराको चहानालाई आफु मार्फत पूरा गर्न आफुले पढ्न थालेको वताउछन् ।

    उमेरले रिटार्यड लाईफ विताउने वेलामा कापी किताव वोकेर पढ्दा कसैले केही भन्छन् की भन्ने परवाह छैन । यस्तै परवाहा कांग्रेका सभापति लिम्बुलाई पनि छैन । समय मिल्ने विक्तिकै कलेज पूगिहाल्छन् । ज्ञान आर्जन गर्ने कुरामा उमेरको भेद देखिदैन र त्यसरी हेर्ने पनि नहुने तर्क आचार्यको छ । उनको नियमित क्याम्पस जाने र उच्च अंक ल्याएर उत्र्तिण हुने संकल्प छ । उमेरका कारणले चहाना हुँदाहुदै पनि पठनपाठन अगाडी वढाउन नसकी हिनभावना पालेर बसेकालाई उदाहरण बनेर देखाउन आचार्यको संकल्प छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…