• मेचीनगर । झापा मेचीनगर–६ काँकरभिट्टास्थित अरुणोदय आवासीय माध्यमिक विद्यालयको २३ औँ वार्षिक उत्सव आज विविध कार्यक्रम गरी मनाइएको छ । विभिन्न विधामा वर्ष उत्कृष्टलाई सम्मान तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै विद्यालयले वार्षिक उत्सव मनाएको हो । विद्यालयले वर्ष उत्कृष्ट अनुशासाशित बिद्यार्थी तर्फ राजु थपलिया, उत्कृष्ट क्याप्टेन तर्फ आर्यन गुरुङ, बर्ष उत्कृष्ट बिद्यार्थीका रुपमा रिया ढुंगानालाई पुरस्कृत गरिएको छ । त्यस्तै बर्ष उत्कृष्ट शिक्षकका रुपमा विमला राईलाई सम्मानसहित पुरस्कृत गरिएको बिद्यालयका प्रधानअध्यापक दुर्गाबहादुर लुईटेलले जानकारी दिनु भयो ।
    त्यस्तै, सोही अवसरमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि पुरस्कार तथा ट्रफी प्रदान गरिएको विद्यालयका प्रधानध्यापक लुईटेलले जानकारी दिनुभयो ।

    उत्कृष्ट शिक्षकको सम्मान ग्रहण गर्दै शिक्षक बिमला राई ।

    विद्यालय सञ्चालक समिति अध्यक्ष भगिरथ राईको अध्यक्षता तथा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनप्याब्सन झापा अध्यक्ष एवम् इष्ट होराइजन माविका प्रिन्सिपल सन्जिव राई, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार पराजुली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर लुइँटेलले विद्यालयले गरेका गतिविधि तथा भावी योजनाका बारेमा जानकारी गराउनु भएको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य पर्शुराम रिजालले गर्नुभएको थियो । कार्यक्रममा एनप्याब्सन झापा सचिव खिवराज भट्टराई, सामुदायिक विकास मञ्चका सोमराज ढकाल, स्काउट झापाका जिल्ला आयुक्त भुवन सुब्वा खरेल, मेची उद्योग बाणिज्य संघका सदस्य अञ्जु थापा लगायतको आतिथ्यता रहेको थियो । सोही अवसरमा लागूऔषध सम्बन्धी नाटक प्रदर्शन गरिएको थियो । काकरभिट्टा स्थीत परिवर्तन थिएटरले प्रस्तुती गरेको नाटकको निर्देशन थिएटरकी अध्यक्ष कविता नेपालले गर्नुभएको थियो ।
    औपचारिक समारोहको सञ्चालन बिद्यालयका सहायक प्रधानअध्यापक गिताराम धितालले गर्नु भएको थियो । बिद्यार्थीले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम २४ जना बिद्यार्थीले आलोपालो गरेर सञ्चालन गरेको प्रधानअध्यापक लुईटेलले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…