• काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत बन्द गराउने सरकारको कार्यप्रति असन्तुष्टि जनाएका छन् ।
    उक्त प्रकरणलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेका बेला सत्तारुढ घटककै अध्यक्षले असन्तुष्टि जनाएका हुन् । खुमलटार उच्च स्रोतका अनुसार प्रचण्डले सरकारले जनतामा व्याप्त असन्तुष्टि सम्बोधन गर्नुको साटो उल्टै ‘एक्सन’ गरेर जनमत घटाएको टिप्पणी प्रचण्डले गरेका छन् । प्रचण्डले शर्माको गीत पुरै सुनेको र गीतले अहिलेको यथार्थतालाई व्यक्त गरेको बताएका छन् । ‘गीत बन्द गराएको चर्चापछि उहाँले पूरै सुन्नुभयो’, स्रोतले भन्यो, ‘गीत उहाँलाई मन प¥यो रे ।’

    प्रचण्डले शर्माको गीतले समाजका हरेक क्षेत्रमा व्याप्त विकृतिलाई व्यंग्य गरेको भन्दै सरकारले त्यसलाई समाधान गर्नुपर्नेमा उल्टै गीतै बन्द गराएर गल्ती गरेको निस्कर्ष निकालेका छन् । उनले त्यसबारे प्रधानमन्त्री केपी ओलीलाई भेटेर सचेत समेत गराउने बताएका छन् ।

    ‘सरकारले जनभावना बुझेर त्यसअनुसार अगाडि बढ्नुपर्नेमा उल्टो काम गरेको छ’, नेकपाका एक नेताले काठमाण्डुटुडेसँग भने । सरकारले शर्माको गीतमा राष्ट्रपति, सरकार र नेताहरुमाथि अनावश्यक आरोप लगाएको भन्दै युट्युवबाट हटाउन दबाब दिएपछि हटाएको शर्माले बताएका छन् ।

    शर्माको गीत सार्वजनिक भएको दुई दिनमै युट्युवबाट हटाउन दबाब दिएको भन्दै सरकारको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँम्ग्रेसले माइतीघर घण्डलामा आइतबार माइतीघर मण्डलामा शर्माको गीत बजाएर विरोध प्रदर्शन गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…