• काठमाडौँ, ७ फागुन
    मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको ५८औँ वार्षिकोत्सव आज मनाइँदैछ । विसं २०१७ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ भने उहाँको अध्यक्षतामा गठन भएको समितिमा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्छ ।

    स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्य, तथ्य समाचार सङ्कलन एवम् वितरणको काम गर्दै आएको राससले हाल मुलुकको सङ्घीय संरचनानुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । प्रदेश नं ३ र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा यसका आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय छन् ।

    फ्रान्सका अनुवादक तथा विज्ञापन व्यवसायी चाल्र्स लुइस हवासले पेरिसमा सन् १८३५ मा एजेन्सी फ्रान्स प्रेसको स्थापना गरी समाचार समिति पत्रकारिताको जग बसालेका थिए । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइनजस्ता आमसञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । राससले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, अडियो, तस्वीरलगायत सेवा प्रदान गर्दै आएको छ । हाल राससमा १६१ स्थायी दरबन्दी र १५२ स्थानीय समाचारदाता कार्यरत छन् ।

    केन्द्रीय कार्यालय, भद्रकालीमा आज हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाबाट कर्मचारी एवं पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ । समारोहमा राससबाट गत वर्षका उत्कृष्ट छनोट भएका समाचारदाता, आलेख, श्रव्य र तस्वीर विधामा पुरस्कार प्रदान गरिनेछ । समारोहमा राससका समाचारदाता प्रकाश सिलवालद्वारा लिखित ‘नेपाली सङ्घीयतामा समाचार समिति¬’ नामक अनुसन्धानमा आधारित पुस्तक सार्वजनिक गरिनेछ । प्रदेशगतरूपमा छानिएका समाचारदातालाई रासस प्रदेश कार्यालयले आयोजना गर्ने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । यस वर्षदेखि राससले प्रदेशगतरूपमा पुरस्कार वितरण थालेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…