• कावासोती, ७ फागुन : नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले युवालाई राजनीतिमा आकर्षिक गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस जिल्ला शाखा नवलपुरले ६९औँ प्रजातन्त्र दिवसका अवसर पारी आज कावासोतीमा राखिएको सम्मान कार्यक्रममा महामन्त्री कोइरालाले अग्रजका योगदानलाई सम्मान गर्दै युवालाई राजनीतिमा आकर्षित गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

    अग्रजका योगदानलाई भुल्न नसकिने भन्दै उहाँले अग्रजको अनुभव र विगतका इतिहासलाई अनुसरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ पुस्तालाई विगतको इतिहासका बारेमा जानकारी दिँदै उनीहरुलाई राजनीतिमा आकर्षित गर्नुपर्ने बताउनुभयो । प्रजातन्त्र दिवसका अवसर पारेर २००७ देखि २०१७ सालसम्म पार्टीमा योगदान पु¥याएका प्रजातन्त्रका सेनानी ४५ जनालाई ‘हाम्रा अग्रज हाम्रो गौरव’पुरस्कारले सम्मान गरिएको हो । ४५ जना विभिन्न व्यक्तित्वलाई मरोणपरान्त सम्मान गरिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…