• दमौली, ७ फागुन
    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैक्षिक जागरणका लागि निर्मल माध्यमिक विद्यालयले महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।

    विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले तनहुँको शैक्षिक क्षेत्रमा विद्यालयले आफ्नो विशिष्ट पहिचान कायम गरेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक शिक्षालाई नै जोड दिँदै विद्यालयले प्राविधिक शिक्षासमेत सञ्चालन गरिरहेको छ, यो सकरात्मक छ ।”

    स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा सम्मान, खेलकूद तथा पुरस्कार वितरण, पूर्वविद्यार्थी पुनःमिलन, विज्ञान प्रदर्शनी, रक्तदान लगायतका कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिनुभयो । सोही अवसरमा विद्यालयका पूर्वविद्यार्थी ज्योति न्यौपानेले आफ्ना दाजुको स्मृतिमा विद्यालयमा एक लाख राशीको अक्षयकोष स्थापना गर्नुभएको छ । पूर्वविद्यार्थी हरिसिहं गुरुङले प्रत्येक वर्ष खेलकूदमा उत्कृष्ट हुने छात्रछात्राका लागि एक लाख राशीको बाल खेलकूद प्रतिभा अक्षयकोष स्थापना गर्नुभएको छ ।

    विसं २०२५ फागुन ७ गते तनहुँ सदरमुकाम बन्दीपुरबाट दमौली सार्ने क्रममा भएको आन्दोलनमा ज्यान गुमाएका जामुनेका निर्मल रानाभाटको स्मृतिमा विद्यालय स्थापना भएको थियो । प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयले नमूना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त गरेको दुई करोड बजेटबाट खेलकूद मैदान, शैक्षिक पुर्वाधार, बहुउद्देश्यीय भवन लगायतलाई प्राथमिकतामा राखेर गुरुयोजना बनाइरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…