• डडेल्धुरा– प्रधानमन्त्री केपी शर्मा ओलीलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको गृहजिल्लामा १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्न आएका ओलीलाई नेपाली कांग्रेसका कार्यकर्ताले मंगलबार स्याउले बजारमा कालोझण्डा देखाएका थिए।

    कालोझण्डा देखाएको भन्दै कांग्रेस जिल्ला कार्यसमितिका सदस्य गोकुल शाही, नेपाल दलित संघका अध्यक्ष सन्तोष जैरु, नेपाल सांस्कृतिक संघका अध्यक्ष प्रकाश जैरु, नेपाल नाइ संघका अध्यक्ष शियाशरण ठाकुर, स्ववियु सभापति जगत ऐर, पदम खाती, पदम भण्डारी, रामबहादुर भण्डारी र संजय जैरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई केहीबेर हिरासतमा राखेर छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    ‘पश्चिम सेती मेरै पालामा सम्पन्न हुन्छ’

    १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजना आफ्नै पालमा फेरि काम सुरु भएर सम्पन्न हुने दाबी गरे। सदरमुकामदेखि तीन किलोमिटर दुरीमा रहेको स्याउले बजार नजिकै दुधकाँडेमा निर्मित स्याउले १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री रहेकै बेला पश्चिम सेती आयोजनाको निर्माण कार्य सम्पन्न हुने बताए।

    ट्युब र तुइनको प्रयोग गरेर महाकाली नदीमा जोखिमपूर्ण यात्रा गर्नु परिरहेको बताउँदै ओलीले आफ्नो भारत भ्रमणका क्रममा उत्तरप्रदेश र उत्तराखण्ड सरकारका मुख्यमन्त्रीसँग महाकाली नदीमा पुल निर्माणका लागि छलफल गरेको र चाँडै पक्की पुलहरु निर्माण गरिने बताए।

    सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लामा विद्युत वितरण प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले नेपाल सरकारको लगानीमा सवस्टेशन निर्माण गरिएको हो। सवस्टेशन निर्माण गर्न रु २८ करोड लागत अनुमान गरिएको आयोजनाले जनाएको छ। इष्ट इन्डिया उद्योग र वाइवा इन्फाटेक जेभीले निर्माण कार्य सम्पन्न गरेको सवस्टेशनमा ३० एमभीए क्षमताको १३२/३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ८ एमभीए क्षमताको ३३/११ के.भी.को एउटा वितरण टान्सफर्मर गरि दुईटा ट्रान्सफर्मर राखिएका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…