• काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले जनताका आधारभूत कुरा पनि सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

    उनले देशमा दण्डहिनता बढेको तर पनि सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताए । उनले देशमा महँगी, भ्रष्टाचार र चोरीका घटना भइरहँदा पनि सरकारले फटाहालाई कारबाही गर्न नसकेको बताए ।
    नेपाली कांग्रेसले हालको व्यवस्था ल्याउन र राज्य पूनर्संरचनामा लैजान प्रमुख भूमिका खेले पनि दलहरुको वैचारिक सिद्धान्त त्यागका कारण कांगे्रस बाहिर बस्नु परेको बताउँदै उनले कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

    नेपाली कांग्रेस प्रतिपक्ष नभई संविधान कार्यान्वयनको प्रमुख पक्ष भएको धारणा राख्दै उनले सरकारका गल्ति सुधार्न कांग्रेस सधै खरो रुपमा प्रस्तुत हुने बताए । यो समाचार कारोबारमा प्रकाशित छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…