• भीम राई
    उपमहासचिव तथा संयोजक प्रचारप्रशार उपसमिति
    किरात राई यायोक्खा केन्द्रीय समिति

    किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको बारे वताईदिनुस न ?
    किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको प्रचारप्रशारको हामी अहिले मध्य भागतिर आइपुगेको छौ । विस्तारै आक्रमक प्रचार शैली अपनाइदै छ । सवै जिल्लाहरुमा भित्ते लेखन लेख्न, पोष्टरहरु टास्न सर्कुलर गरिएको छ । धेरै जिल्लाहरु क्रियाशील रहेको छ । १ नं. प्रदेशको सवै जसो जिल्लाहरुमा एफ.एम.हरुमा महाधिवेशनको सूचना प्रसारण गरिएको छ । टेलिभिजनमा पत्रपत्रिका अनलाइन मिडियाहरुमार्फत महाधिवेशनको सूचना प्रकासन÷प्रसारण भइरहेको छ ।

    प्रचार शैली पुरानै प्रकारको हो ?

    पुरानो शैलीको राम्रो पक्षलाई समेट्दै नयाँ तरिकाहरु अपनाइएको छ । अहिले समाजिक सञ्जाललाई ब्यापक प्रयोग गरिएको छ । महाधिवेसनको गतिविधीहरु यस समितिका आधिकारीक साथीहरुले फेसवुक, ईन्टाग्राम र टुईटरको मध्यमवाट सार्वजतिक गरिरहनु भएको छ । टेलिभिजनमा प्रसारण भइरहेको भिडियो पनि सामाजिक सञ्जालमा ब्यापक रुपमा पोष्ट गरिएको छ । पटक पटक पत्रकार सम्मेलन गरेर महाधिवेशन बारे जानकारी दिइएको छ । १५ गते ब्यापक रुपमा मोटरसाइकल ¥याली गर्दै छौ ।

    भित्ते लेखन ३ नं प्रदेशको सिन्धुलीमा पनि देखियो किन ?

    सिन्धुलीमा मात्र होइन धुनिखेल र काभ्रेमा पनि भित्ते लेखन भएको छ । खास गरि मध्यपहाडी लोक मार्ग हुदै १ नं. प्रदेशको सवै जिल्लाहरु हुँदै भारतको विभिन्न ठाँऊवाट पनि यो मार्ग हुदै यात्रुहरु उपत्यका प्रबेश गर्ने मुख्य नाका भएकाले लेखिएको हो । उक्त लेखन कार्यमा किरात राई यायोक्खा भक्तपुरको उपध्यक्ष चन्द्र राई सहकोषाध्यक्ष दिनेश राई र किरात राई युवा संघ भक्तपुर सचिव यसुप राई लगायत किराया भक्तपुरको सहयोग प्रति आभारी छु ।

    प्रदेश नम्बर १ मा कस्तो छ, प्रचारप्रशार ?
    प्रदेश नम्बर १ मा पनि आक्रमक शैलिमा नै प्रचार गरिएको छ । विशेष गरि झापा, मोरङ, सुनसरीमा ब्यापक रुपमा भित्ते लेखन, पोष्टर, ब्यानर राखिएको छ । स्वागत गेटहरु धमाधम बनिरहेको छ । मुख्य राज मार्गहरुमा यायोक्खाको हजारौ झण्डाहरु राख्ने काम पनि भइरहेको छ । नौलो खालको प्रचार शैली अन्र्तगत खेलकुद तथा कविता प्रतियोगिता र प्यराग्याइडिङ्गवाट १० औ महाधिवेसनको प्रचार समाग्रीहरु प्रर्दशन धरानमा गरिनेछ । १५ गतेको हजारौको मोटरसाईकल ¥यालीको तयारीको लागि पनि पुर्वमा हुनुभएको प्रचारको साथिहरु लागिरहनु भएको छ । भने १६ गते यलम्वर स्मृति हल धरानमा महाधिवेसनको अन्तिम तयारी गरेर सार्वजनिक गरिने छ ।

    कार्यकालको वीचमा प्रचार विभाग सम्माल्नु भो के के गर्नु भयो ?

    वास्तवमा आफ्ठारो अवस्थमा यो विभाग मलाइ आईलाग्यो । सवैको सल्लाहले मलाई जिम्मेवारी दिनु भयो । तर, काम गर्न अलि समस्या नै भयो । २ वटा विभाग हेर्नुपर्ने प्रचारको क्यामेरा, रेकडर, ल्यापटप जस्ता सामाग्रीहरु नहुदा समस्या नै भयो । यद्यपि यो १ वर्षको अवधिमा हाम्रो टिमले संस्थाको वेवसाइड वनाउने काम गरियो । यायोक्खाको भित्तेपत्रो प्रकाशन गर्ने काम गरियो । महाधिवेशनमा सार्वजनिक हुने संस्थाको मुखपत्र निप्सुङ प्रकाशनको लागि महासचिव जीवन हाताचो राईको संयोजकत्वमा लागिरहेका छौ ।

    तपाई यायोक्खाको उपमहासचिव पनि, महाधिवेशनमा कुन पद लिने योजनामा हुनुहुन्छ ?

    महाधिवेशन भनेपछि पक्कै पनि नेतृत्वको चयन गर्ने अवशर पनि हो । संस्थाको उदेश्य प्राप्तिको निम्ति गर्नुपर्ने कार्यको कार्य सम्पादनको हिसावले हेर्ने हो भने कसले कति जिम्मेवार भएर काम गरे भन्ने सबै छर्लङ्ग नै छ । यायोक्खाको मुख्य उदेश्य प्राप्तिको निम्ति मैले खेलेको भुमिका सवैलाई थाहा छ । त्यसैले यायोक्खाको तीन वर्षे कार्यकाल मैले राम्रो नै अंक ल्याएर पास गरे भन्ने लागेको छ । अव अर्कौ कक्षा चढ्नुको विकल्प छैन ।

    प्रचारप्रशारको केहि छुटेको भए राखिदिनुस ?

    प्रचारप्रशारमा रहनु भएका सम्पूर्ण सदस्यहरु र महाधिवेशन प्रतिनिधि पर्यवेक्षक, आयोजक तथा आम समुदायलाई प्रचारप्रशारमा लाग्न अनुरोध गर्दछु । साथै अन्तमा यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन केवल महाधिवेशन मात्र नभएर आन्दोलन पनि हो । हामी यतिखेर १ नं. प्रदेश किरात प्रदेश नामकरणको निम्ति महाधिवेशन मार्फत आन्दोलनरत छौ । इतिहास, भूगोल, संस्कृति र सभ्यताको आधारमा १ नं. प्रदेश निर्विकल्प किरात प्रदेश हुनुपर्छ भन्ने हाम्रो माग हो । यहि हुन सकेन भने यहि महाधिबेशनले विशिष्ट खालको आन्दोलनको घोषणा गर्छ । हामी त्यो आन्दोलनलाई निर्णायक बनाउन तिर लाग्ने छौ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…