• फागुन ८,पथरी ।
    मोरङको कानेपोखरी गाँउपालिका वडा ६ मा रहेको जेनिथ इङलिस स्कुलले अभिभावक दिवश तथा खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
    स्कुलले विहिवार वाट ३ दिने खेलकुद कार्यक्रमका साथ साथै फागुन १४ गते अभिभावक तथा विध्यालयको ९ औ स्थापना दिवश मनाउन लागेको छ ।
    सो अवसरमा स्कुलले वार्षीक परिक्षमा प्रथम,दोस्रो र तेस्रो हुने विध्यार्थीलाई पुरस्कार वितरणका साथ साथै विध्यालयलाई विभिन्न क्षेत्रवाट सहयोग गर्ने अभिभावक र विध्यालयका शिक्षक लाई वार्षीक उत्सव कार्यक्रमका प्रमुख अथिति कानेपोखरी गाँउपालिका प्रमुख तारा वहादुर काफ्लेको उपस्थीतीमा सम्मान गर्ने कार्यक्रम रहेको आज विध्यालय परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विध्यालयका सस्थापक÷निर्देशक दिनेश सुव्वाले वताए ।
    २०६६ सालमा १४५ विध्यार्थीवाट कक्षा सुरु विध्यालयले हाल कक्षा नर्सरी देखी कक्षा ९ सम्मको अनुमति लिदै ३६५ विध्यार्थीलाई अध्यापन गराउदै आएको सुव्वाले वताए ।
    विहिवार (भोली) वाट शनिवार सम्म चल्ने ३ दिने स्र्पोटस मिटमा २४ ओटा विभिन्न खेलमा २२० विध्यार्थीले सहभागिता जनाउने विध्यालयका प्रिन्सिपल पुण्य प्रसाद कोइरालाले वताए । खेलमा सहभागी प्रथम,दोस्रो र तेस्रो हुने विध्यार्थीहरुलाई फागुन ११ गते वडा नम्वर ६ का वडा अध्यक्ष खड्ग वा वस्नेतको प्रमुख आथिथ्यतामा क्रमस ट्रफि,मेडल र प्रमाण पत्रले सम्मान गर्ने कोइरालाले वताए ।
    वार्षीक उत्सव कार्यक्रमलाई भव्य र मनोरञ्जनात्मक वनाउन विध्यार्थीहरुको तर्फवाट सास्कृतिक कार्यक्रमका साथै नाटक समेत प्रस्तुत गरिने वताईएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…