• देबु बानियाँ
    तनहुँ । स्थापना समयको २५ वर्ष पुगेको व्यासनगर जेसीजले मंगलबार वर्ष २०१९ लाई रजत महोत्सवको रुपमा मनाउने घोषणा गर्दै रजत महोत्सवको उद्घाटन गरेको छ । दमौली बजारमा आयोजित विषेश समारोहका बिच नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेल रजत महोत्सवको औपचारिक उद्घाटन गर्नु भएको थियो ।
    महोत्सवको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पौडेलले जेसीज अभियानमा ब्यासनगर जेसीजले पुर्याएको योगदानको प्रशंसा गर्नु भएको थियो । साथै उहाँले सामाजिक क्षेत्रमा अग्रसर युवालाई समाज रुपान्तरणकोे अभियानमा उत्प्रेरित गराउँदै युवाहरुलाई उद्यमशील बनाएको बताउनु भयो ।
    यसैगरी, रजत महोत्सव उद्घाटन समारोहको अवसर पारेर व्यासनगर जेसीज स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापकहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष रामलाल श्रेष्ठ, संस्थापक सदस्यहरु सूर्यनाथ खनाल, गणेशचन्द्र बस्नेत, दिनेशलाल राजभण्डारी, उत्तम भट्टराई, केहरसिंह थापा, पशुपति श्रेष्ठ, नन्दन श्रेष्ठ, अशोक कुमार श्रेष्ठ, बैकुण्ठ न्यौपाने, श्रीराम श्रेष्ठ, हरिकुमार श्रेष्ठ, खेमराज अधिकारी, हरिभक्त श्रेष्ठ, अजयराज वाग्ले, इमकुमार मल्ल, डिकबहादुर दरइ, विष्णुराम पौडेल, सुरेन्द्र वाग्ले, बलराम वाग्ले, कृष्णप्रसाद न्यौपाने, विन्दुकुमार श्रेष्ठ, स्वग्रीय रामबहादुर दाहाल, र बुद्धिमान श्रेष्ठ रहेका छन् । संस्थापक मध्ये बैकुण्ठ न्यौपाने व्यासनगर नगरपालिकाका मेयर समेत हुन् । यसैगरी, अशोक कुमार श्रेष्ठ लायन्स क्लब इन्टर नेश्लन ३२५ बि १ नेपालका गवर्नर हुन् ।
    साथै सोही अघिल्लो वर्ष प्रस्तावित भएका ४० जना नयाँ युवालाई राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलबाट जेसीज पिन लगाइदिनु भएको थियो ।
    त्यस्तै जेसीआई व्यासनगरले दोस्रो लियो कप फुटबल प्रतियोगितामा जितेको रकमको केहि प्रतिशत रकम सिन्धु प्राविका फरक क्षमता भएका विद्यार्थीलाई प्रदान गरेको छ ।
    शाखा अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व राष्ट्रिय अध्यक्ष रविन्द्र गुरुङ, जेसीआइ पोखराका पुर्व अध्यक्ष नारायण शर्मा, व्यास नगरका संस्थापक अध्यक्ष रामलाल श्रेष्ठ, पूर्व अध्यक्ष देवकुमार श्रेष्ठ, संस्थापक महासचिव सुरेन्द्र वाग्ले, लमजुङ् जेसिजकी अध्यक्ष पायल शर्मा निवर्तमान अध्यक्ष पविन्द्र भट्टराईलगायतले बोलेका थिए । विविध कार्यक्रम गरी जेसिजले यस पुरै वर्षलाई रजत बर्षको रुपमा मनाउने भएको छ । रजत वर्षकै अवसरमा व्यास ४ मा रहेको जेसिज भवनको एक तला थप्ने, स्मार्ट जेसीज भिजेल बनाउने लगायतको लक्ष्य लिएको अध्यक्ष गिरीले जानकारी दिए ।
    कार्यक्रममा न्यु मनकामना बोर्डिङ स्कुलका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
    रजत महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा सोमबार साँझ जेसिआई व्यासनगरले दमौलीमा मोटरसाइकल र्याली निकालेको थियो ।
    कार्यक्रमको संचालन शाखाका सदस्य पवन पौडेलले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…