• बाहुनडाँगी । लमजुङ जेसीजले बेसीशहर नगरपालिकामा रहेको आदर्श महिला तथा बालबिकास केन्द्रलाई दैनिक आवश्यक सामाग्री प्रदान गरेको छ । ६९ औँ प्रजातन्त्र दिवसको अवसर पारेर शाखाले मंगलवार बालगृहमा आश्रित बालबालिकाका लागि टुतप्रेष्ट, ब्रस, साबुन, ह्यान्डबास र सेनेटरी प्याड प्रदान गरेको छ । बालगृह ११ जना अनाथ बालबालिका आश्रित छन् । लमजुङ जेसीज वर्ष २०१९ की अध्यक्ष पायल शर्माको अनुसार स्वास्थ्य रहन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । शाखाले ७ हजार बराबरको दैनिक आवश्यक सामाग्री वितरण गरेको छ ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले जेसीजले जस्तै अन्य सामाजिक संघ संस्थाले पनि अनाथ बालालिकाका लागि सहयोग गर्न आग्रह गर्नु भयो । उपप्रमुख अधिकारीले भन्नु भयो–‘सहयोगकै भरमा सञ्चालित बालगृहलाई विभिन्न क्षेत्रले सहयोग गर्न आवश्यक छ ।’
    द्धन्दपीडित तथा असहाय बालबालिकालाई संरक्षण दिइरहेको सो बालगृह १५ वर्षदेखि स्वच्छिक मुठीदानको भरमा चलेको छ । स्वग्रीय लेखनाथ अधिकारीको पहलमा २०६० बाट स१चालित केन्द्रले हालसम्म २९ बालबालिकाको संरक्षण दिएको छ । शाखा अध्यक्ष पायल शर्माको अध्यक्षता तथा बेसीशहर नगरपालिकाकी उपमेयर लक्ष्मी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष आइसा मियाले गर्नु भएको थियो ।
    साथै मंगलवार नै बिहान पानी झरीको कुनै प्रभाह नगरी प्रजातन्त्र दिवस तथा तेस्रो निर्वाचन दिवसको र्यालीको आयोजना गरिएको थियो । र्यालीपछि आवधिक निर्वाचन, ‘लोकतन्त्रको आधार विषयमा अन्तरक्रियामा सहभागिता रहेको थियो ।
    यसैगरी शाखाले सोमवार बेसीशहर सरसफाइ कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…