• पोखरा ।नेपाल पत्रकार महासङ्घको यही बिहीबारदेखि पोखरामा हुने दुईदिने वार्षिक साधारणसभा एवं विधान अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । साधारणसभाबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पोखरामा हुने कार्यक्रममा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ५०० को सहभागिता रहने बताउनुभयो ।

    सङ्घीय संरचनाअनुसार महासङ्घको संरचना पनि परिवर्तन हुन लागेको बताउँदै उहाँले साधारणसभासँगै हुने विधान अधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी अध्यक्षसहितको विधान परिमार्जन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार परिमार्जित विधानसँगै महासङ्घको सङ्घ, प्रदेश र जिल्लाको अधिवेशन एकै दिन हुनेछ ।

    पोखराको साधारणसभा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उहाँले यससँगै महासङ्घ नयाँ गति एवं उत्साहका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासङ्घ केन्द्रको आयोजना एवं कास्की जिल्ला शाखाको स्थानीय व्यवस्थापनमा हुन लागेको साधारणसभा भव्य र सभ्य बन्ने विश्वास व्यक्त गर्दै स्थानीय तहमा गर्नुपर्ने सबै तयारी सम्पन्न भएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुहुने साधारणसभा एवं विधान अधिवेशन अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै प्रभातफेरीको आयोजना गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…