• काठमाडौं ।चैत्र १ गतेदेखि प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को डाइलगहरु अहिले भाइरल बनिरहेको छ । फिल्मको ट्रेलरमा नायक अनुपविक्रम शाही र वर्षा शिवाकोटी बीचको संवाद भाइरल बनेको हो । ‘कति तान्छस् चुरोट..’, ‘तैले त बुढी जत्तिकै दिइस...’ भन्ने संवाद टिकटकमा अहिले भाइरल बनेको छ । यस्तै चलचित्रका कलाकार शिव मुखिया र अनुप विक्रम बीचको संवाद ‘आफूले मन पराउने भन्दा आफूलाई माया गर्ने मान्छे पाउने व्यक्ति भाग्यमानी हुन्छ यो संसारमा’ , ‘संगुरको मासु काचै खा...’ बोलको डाइलग पनि टिकटकमा अपलोड हुन थालेको छ ।

    क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको यस चलचित्रमा अनुप र वर्र्षाका अलवा माला लिम्बु, शिव, मुखिया, कविता आले मगर, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता, लगायतको अभिनय रहेको छ ।
    भीषण राईद्वारा निर्देशित यस चलचित्र सन्तोष राई, अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको वल्र्ड प्रिमिडर फागुन ११ गते हङकङमा हुँदैछ । पूर्वेली ठेट शब्दहरु प्रयोग गरिएको चलचित्रको भर्खरै मात्र ट्रेलर सार्वजानिक गरिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…