• कुमार खड्का फागुन ९, पथरी ।
    संत्रमित क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईवाट सर्ने सरुवा रोग हो हात्तीपाईले यानिकी फाईलेरिया ।
    मसिनो जुका जस्तै परजिविवाट लामाखुट्टे संक्रमित भएपछि सो लाम्खुट्टेले स्वास्थ्य मानिसलाई टोक्दा मानिसलाई शारिरिक रुपमा असक्त,असमर्थ तथा अपाङ्ग वनाउने सरुवा रोग नै हात्तीपाईले रोग हो ।


    हत्तीपाईले रोगको संक्रमण गराउने ३ प्रकारका परजिवि भएता पनि मुख्य गरि उचेरेरिया बाँन्क्रोटी परजिवी को भुमिका ९० प्रतिसत रहेको एक अध्ययनले देखाएको छ । नेपालमा हात्तीपाईले रोग उचेरेरिया बाँन्क्रोटी नामको परजिवीद्वारा मात्र लाग्ने गरेको पाईएको छ ।
    नेपालमा हात्तीपाइले रोग लाई पुरानो रोगका रुपमा लिइएको छ । यो रोगलाई करिव ४ हजार वर्ष पुरानो रोगका रुपमा लिएको पाईएको छ । देशमा जनघनत्वको वृद्घि,वसाई सराई,गरिवी,अशिक्षा,वातावरणीय असन्तुलन,स्वाथ्य सेवामा कमी आदीका कारणले गर्दा यो रोग विस्तारै फैलदै गईरेहको र विरामीको सङख्यामा पनि वृद्घि हुदै गएको एक अध्ययनले देखाएको छ ।

    नेपालमा यो रोग एक प्रमुख जनस्वाथ्य समस्याको रुपमा स्थापीत भईसकेको छ । सन २००१,२००५÷२००६ र २०१२ मा गरिएको इम्मुनोक्रोमाटोग्राफिक ईपिडिमियोलोजिकल म्यापिङ् अध्ययन वाट र एकिकृत स्वाथ्य व्यावस्थापन सुचना प्रणाली वाट प्राप्त तथ्याङकको आधारमा जम्मा ६१ जिल्लाहरुमा (नवलपरासी र रुकुम ४ जिल्ला भएपछि ६३ जिल्लाहरु) यो रोगवाट वढि प्रभावित भएको पाईएको छ । जसमा हिमाली १२ ,पहाडी २ गरि १४ जिल्लामा यो रोग जनस्वाथ्य समस्याको रुपमा देखीएको छ ।



    हाल यस रोगवाट प्रभावित इलाकाहरुमा वसोवास गर्ने मानिसहरु देशको कूल जनसङख्याको ९० प्रतिशत रहेको अनुमान गरिएको छ । यो रोग भौगोलिक दृष्टिकोणले लामखुट्टे पाइने सवै जसो ठाँउहरुमा जस्तै तराई पहाड,गाँउ शहर बेशि आदिमा पाइएको अनुमान गरिएको भतापनि रोगीहरुको सङख्या तराईका इलाकाहरुमा अपेक्षकृत रुपमा वढि देखिएको छ ।
    स्वाथ्य मानिसमा जव संक्रमित लाम्खुट्टेको टोकाइवाट यो रोगका परजिवीहरु शरिर भित्र प्रवेश गर्छन र विस्तारै विकशित हुदै जाँदा मानिसमा ज्वरो आउने,जाडो लाग्नु, शरिर कम्पन हुनु,लिम्फ नलिहरु सुन्निनु,राता भई दख्नु, हात गोडाम नीला काला धर्साहरु देखीनु,गिर्खाहरुको आकार वढ्नु,दुख्नु,पुरुषमा अण्डकोस वरिपरिका नसाहरु फुल्नु, दुख्नु, अण्डकोष ठुलो हुनु, गिर्खाहरु भेटिनु, महिलामा योनी र स्तन सुन्निनु, दुख्नु, स्तनमा गिर्खा आउनु, खुट्टा सुन्निएर ठुलो आकारको हुनुु, हात सुन्निनु, पिसाव सेतो वा रातो आउनु आदि यस्ता लक्षण देखा पर्नु हात्तीपाईले रोगको सुरुवाती अवस्था रहेको वताइएको छ । कतिपय मानिसमा यस्ता वाहिरी लक्षण नदेखिएता पनि रगतमा रोगको परजिवी भेटिदा शरिरका भित्रि अङ्गहरु मृगौला पनि खराव गर्ने स्वाथ्य कर्मी हरु वताउछन् ।
    नेपाली समाजमा यस रोगलाई जिवन भर सामाजिक,मानसिक तथा आर्थीक पछौटेपन,परिवार तथा समाजवाट अपहेलित,विवाह गर्नमा समस्या र विवाह नै भइसकेपछि पनि यो रोग देखा पर्दा विछोड सम्मको स्थिती सृजना हुने गरेको पाईएकाले नेपाली समाजमा यो रोग लागेका व्याक्तिहरुलाई तिरस्कृत गर्ने गरेको पार्र्र्ईएको छ ।
    यसरी समाजले नै अपहेलित गर्ने भएकाले माथी उल्लेखित लक्षणहरु देखा पर्ना साथ नजिकैको स्वाथ्य सस्था तथा नेपाल सरकारले सन २००३ देखी हाल प्रभावित सवै ६१ जिल्लाहरुमा आम औषधी सेवन कार्यक्रम सञ्चालन गरेको वखत औषधी सेवन गरि रोग लाग्न वाट वच्न आग्रह गर्दै आएको छ ।
    यस रोगको निदानका लागि हाल पहिलेको जस्तो मध्यरातको समयमा विरामीको रगत लिई राख्नु पर्ने झन्झट भने छैन हाल जुन सुकै बेला विरामी स्वाथ्य सस्थामा गई हातको औलावाट रगत निकालेर जाँच गरेमा सो व्याक्ति हात्तीपाईले रोगवाट संक्रमित छ या छैन भन्ने कुरा १० मिनेटमा थाहा पाउन सकिने भएको छ ।
    वैज्ञानिकहरुले विकास गरेको हात्तीपाईले रोगको उपचार तथा रोकथामको लागि सरल,उपयुक्त,प्रभावकारी उपचार विधिमा २ प्रकारका औषधी चक्कीहरु (अल्बेन्डाजोल र डाइईथाइलकार्बामाइजिन) वर्षौ देखी प्रयोगमा आईरहेको २ प्रकारको औषधी यो रोगबाट प्रभावित जिल्लाहरुमा बसोवास गर्ने २ वर्ष भन्दा माथिका,गर्भवति र सात दिन भित्रका सुत्केरी महिला तथा सिकिस्त विरामी बाहेक अरु सवै मानिसहरुले वर्षको १ पटक एक मात्र खानुपर्ने हुन्छ । १ वर्ष गरिएको १ मात्र औषधी सेवनवाट सोहि वर्षका लागि मात्र रोग लाग्न वाट वचाउने भएकाले निरञ्तर ६ वर्ष सम्म औषधी सेवन गरे मानव शरिरमा रहेका यस रोगका परजिविहरु तथा सम्भावित स्रोतहरु नष्ट हुने र रोग सर्ने प्रक्रियामा कमी आउने वताईएको छ । साथै ७० वर्ष भन्दा माथिका अभिभावकहरुले पनि स्वाथ्य जाच गरि स्वाथ्यकर्मीको सल्लाह अनुसार औषधी सेवन गर्न सक्ने अवस्था रहेको वताईको छ ।
    नेपाल सरकारले रोग निदानका लागि थालेको अभियानलाई सार्थक तुल्याउन र नगरलाई हात्तीपाईले रोग मुक्त नगर वनाउनका मोरङको पथरीशनिश्चरे नगरपालिकाले पनि आगामी फागुन १५ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुचारु गर्ने भएको छ ।
    पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा औषधि खुवाउने सम्वन्धमा वुधवार आयोजित नगरस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राईले सवैजना नगरवासीलाई औषधि खानका लागि आव्हान गरेका छन् ।


    उनले नगरको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अन्तरक्रियामा वोल्दै फागुन १५ गते प्रत्येक वडामा कार्यक्रमको उद्घाटन् गरी घर घरमा गएर स्वास्थ्यकर्मीले औषधि खुवाउने अभियान रहेको जानकारी गराए । उनले नगरका नीजि अस्ताल सहितका सरोकारवाला निकायलाई औषधि खुवाउने अभियानमा लाग्न समेत आव्हान गरेका छन् ।
    स्वास्थ्य संयोजक मुरारी आचार्यले नगरमा ५० जना स्वास्थ्यकर्मी परिचालन गरी १ साताको अवधिमा सवैलाई औषधि खुवाइसक्ने योजना बनाएको सुनाए । सवैलाई औषधि खान र खुवाउन प्रेरित गर्ने उद्धेश्यले विहीवारदेखि प्रत्येक वडामा २० जनाका दरले समाजका विभिन्न क्षेत्रका अगुवालाई राखेर ओरेन्टेशन् समेत प्रदान गर्ने कार्यक्रम तय गरिएको पनि जनाए । नगरमा १ दर्जनको संख्यामा हात्तीपाइले संक्रमित भई औषधि खाइरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…