• बाहुनडाँगी । लमजुङको बेसीशहर नगरपालिका ३ गाउँशहरमा रहेको लमजुङ माविमा अध्यायनरत छात्राहरुलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ । छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैं गर्न सक्ने वैचारिक एवं शारीरिक क्षमता अभिवृद्धि गर्न आत्मरक्षा तालिम दिइएको लमजुङ जेसीस वर्ष २०१९ का अध्यक्ष पायल शर्माले बताइन् ।

    उनले भनिन् छात्राहरुलाई संवेदनशिल अवस्थामा कसरी प्रतिकार गर्ने भन्ने विषयबारे जानकारी गराउने तालिमको मुख्य उद्देश्य हो । देशमा पछिल्लो समय महिला हिंसा तथा महिला दुर्व्यवहारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको कारण महिला हिंसा र दुर्व्यवहारका घटना न्युनिकरणका लागि फरक तरिकाले सोच्ने र प्रत्येक नारीलाई आफ्नो रक्षा आफैं गर्न सक्षम बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको संचारिका समुह नेपाल लमजुङका सहसचिव सृजना पौडेलले बताइन् । उनले भनीन् ुमहिलाको आत्मरक्षा र आत्म विश्वास बढाउनका लागि छात्राहरुलाई तालिम प्रदान गरिएको हो ।

    विद्यालयका प्रधानाध्यपक सिता बरालले आत्मविश्वास बढाउन बलियो शरीर, तेजिलो दिमाग, राम्रो सामाजिक सम्बन्ध र संवेगात्मक कुराहरुमा नियन्त्रण जरुरी रहेको बताइन् । सेल्फ डिफेन्सको बारेमा जानकारी भएकाले अब ढुक्कले हिँड्डुल गर्न सकिने उनको भनाइ थियो ।

    लमजुङका ट्राफिक प्रहरी सहि छव बहादुर घर्तीले महिलाहरुले गर्ने सानो–सानो लापरबाहीको कारण ठूला दुर्घटना हुन पुग्ने भएकोले तालिम लाभदायक भएको बताए । लमजुङ माविको कक्षा ९ मा अध्यायनरत छात्रा सुस्मीता विकले पछिल्लो समय समाजमा हुने गरेका महिला हिंसाका घटनालाई न्युनिकरण गर्नका लागी यस्ता तालिम आवश्यक रहेको बताइन् । उनले भनिन् तालिमले आत्मविश्वस बढ्नुको साथै शरिरको सुरक्षाको विषयबारे ज्ञान भयो ।

    तालिममा सहभागी ९० जना छात्राहरुलाई सेल्फ डिफेन्स र हिंसा हुँदा कसरी प्रतिकार गर्ने भन्नेबारे जानकारी गराइएको थियो । लमजुङ जेसीसको आयोजना र संचारिका समुह लमजुङ, जिल्ला प्रहरी कार्यालय र मर्स्याङ्दी कराँते डोज भोटेवडारको समन्वयमा लमजुङ माविका छात्राहरुलाई एक दिने आत्मरक्षा तालीम प्रदान गरिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…