ओम आचार्य
नेपाली कांग्रेसमाअहिले बौध्दिक द्वन्द चलिरहेछ। त्यो बौध्दिक द्वन्द चलिरहदा कहिले कही नेताहरुले बौध्दिक दरिद्रता पनि प्रदर्शन गरेर आफ्नो शाख़ घटाइ रहेका छन । डा. शेखर कोइरालाले ' राजनीति गर्ने संग संस्कार र नैतिकता दुवै हुनु पर्छ, त्यो नभए राजनीति दीर्घजिवी हुदैन ' विराटनगरको एक कार्यक्रममा व्यक्त गरेका थिए । त्यस्तै उनले 'गलत नजिर देखाएर पाटी त्यही गतिमा हिडाउछु भन्नु पाटिको संगठन वन्दैन ' भन्दै मेचि देखी महाकालि सम्म दोडदै छन । तिन कोइराला डा. शशांक , सुजता र डा. शेखर कोइराला यौटै मालामा आवध्द भएर 'हामी एक भयौं' भन्दै यिनै सन्देस विरगंजमा दिइरहेको बेला पाटी सभापती शेरवहादुर देउवाले विरगंजबाटै 'कोइरालाको वपौति होइन नेपालि काग्रेस ' भन्दै 'डा. शेखरको के हैसियत छ ' भनेर अभिव्यक्ति दिइरहदा 'कोइराला थर हुदैमा सभापति नै हुन पाउनु पर्छ भन्ने तर्क नाजायज़ हो' समेतको अभिव्यक्तिले उनको राजनैतिक हैसियत बढ्यो कि घट्यो यस विसयमा टिप्पणी हुदै गर्ला ।
राजनितीमा हैसियत धेरै कारणबाट निर्मित हुन्छ र त्यो हैसियत बनाउने क्रममा शेरवहादुर देउवाले पनि धेरै जेल नेल खाएर निरन्तर नेपालि कांग्रेसमा आफुलाइ समाहित गरेर नेपाली कांग्रेसमा आफ्नो हैसियत वनाए ,प्रधानमन्त्री भए , पाटी सभापति पनि भए त्यो उन्ले बनाएको हैसियत कै प्रतिफल हो ।
राजनीतिमा बनेको हैसियत बचाएर राख्न सजिलो छैन र हैसियत बनाउन जति कठिन छ बनेकोको हैसियत वचाउन झन कठिन छ । राजनितिक हैसियत बनाउन बर्सौं लाग्छ तर त्यो हैसियत स्खलन हुन केही बेर लाग्दैन, त्यो सबैले बुज्नु पर्छ । अझ हाम्रा सभापति शेरवहादुर देउवाले त जरुरि नै छ , जरुरी यसकारणले छ कि कांग्रेसको प्रतिष्ठा सभापति संग पनि जोडिएको छ।
नेपालको राजनितिमा धेरै राजनीतिज्ञले हैसियत बनाउदै गए र त्यस मध्ये केही राजनीतिज्ञको हैसियत यसरी स्खलन भयो कि अहिले राजनीतिमा यिनिहरुको चर्चा सम्म छैन ।जस्तो वि पी पुत्र प्रकास कोइराला यिन्ले एकताका राजनीतिमा राम्रो हैसियत बनाएका थिए र त्यो हैसियतमा विवेक नपुग्दा धाराशायी भयो ।त्यस्तै पंचायती राजनीतिमा हैसियत बनाएका पुर्व प्रधानमन्त्री लोकेन्द्र बाहादुर चन्द को पनि आज राजनैतिक हैसियत देखिन्दैन तर यही सिध्दान्त र बिचार लिएर अगाडि बडिरहेका रा प्र पा का कमल थापा , पशुपती शमशेर , प्रकाशचन्द्र लोहनी को राजनितिक हैसियत र प्रभाव निरन्तर बड़दो अवस्थामा छ ।
राजनीतिमा लागेपछी पाटीको महामन्त्री , सभापती हुदै प्रधानमन्त्री सम्म पुग्ने इच्छा ,बिचार र अभिष्ट राख्नु राजनीतिगर्नेको नैर्सर्गिक अधिकार हो र त्यो अधिकार नेपालि कांग्रेसमा डा. शेखर कोइरालाले राखेको कुरा समाजिक संजालमा आइरहेको छ। त्यस्तै रामचन्द्र पौड्याल , कृष्ण सिटौला , प्रकाशमान सिहंको पनि समाजिक संजालमा कुरा आएको छ । के यिनिहरुले सभापतीको कुरा रांख्नु अपराध हो त ? नेपालि कांग्रेसमा पाटी सभापतीमा वर्तमान पाटी सभापतिले मनोनयन गर्ने जस्तो शैलिमा ' कोइराला थर हुदैमा पाटी सभापती हुने नाजायज़ तर्क' भन्न मिल्छ । पाटी सभापति महाअधिवेशनबाट निर्वाचित हुने व्यवस्थामा पाटी सभापतीको यो अभिव्यक्ति आफैमा क्षयकारक छ ।
डा . शेखर कोइराला धरानको वि पी स्वास्थ्य प्रतिष्ठानमा रहे यिन्ले बिरामीको नाड़ी छामेर पनि काम गरे त्यतिखेर पनि नेपालि कांग्रेसकै राजनीतिमा आफुलाइ कुनै न कुनै रुपमा प्रस्तुत गरिरहे । डा. शेखरले नाड़ी छामिरहेको भए , कानमा Stethoscope लगाइरहेको भए आज यिन्को राजनीतिक हैसियत कसैले खोज्दैनथ्यो। जव यिन्ले नाड़ी छाम्न छोडेर सक्रिय राजनीतिमा होमिंए र यहाँ सम्म आइपुग्दा निक्कै राम्रो हैसियत बनाइसकेका छन ,जुन गत महाअधिवेशनमा यिन्ले प्राप्तगरेको सर्वाधिक मतबाट प्रस्ट हुन्छ ।
अर्को कुरा डा . शेखर कोइराला लाग्छ कि वर्तमान सभापति यिनै हुन, जुन सभापतिले गर्नु पर्ने संगठन को काम त्यो डा. शेखरले मेचि महाकाली पुगेर संगठलाइ मजवुत , चुस्त र दुरुस्त पार्न यिन्ले गरिरहेका छन ।
अहिले नेपालि काग्रेस प्रतिपक्षमा छ र प्रतिपक्षको भुमिकामा डा. शेखर पनि खरो देखिएकाछन र वर्तमान पाटी सभापतीको कार्यशैलिको तिव्र असन्तुष्टी पनि यिनै डा. शेखरले गर्दै आएका छन र यसरी डा.शेंखरको हैसियत बढेसंगै देउवाको तापक्रम पनि बडिरहेको बिरंगजको अभिव्यक्ति हो ।
राजनीतिज्ञले आफ्नो लेख या बिचार व्यक्तगरिरहदा सकेसम्म त्याहा प्रस्न उठन सक्ने सम्भावन आउन दिनुहुदैन । अहिले डा. शेखरमाथि उन्को हैसियतको प्रस्न उठाउदा प्रस्न उठांउनेको हैसियतमा पनि प्रस्न उठन सक्छ।
प्रकृतिको नियम छ जस्तो ध्वानी त्यस्तै प्रतिध्वानी ।