• देबु बानियाँ
    बाहुनडाँगी । यसै त सामाजिक कुरितिको बादलभित्र हराइरहेका मान्छे । त्यसमाथि पनि शिक्षाको उज्यालो घाम कहिलै पनि आङ्मा नपरेका तिनिहरु माथि राज्यको दृष्टि पर्ने कुरै भएन । एकातिर दलित समुदाय बसोबास गर्ने विकट गाउँ अनि त्यसमाथि शिक्षाको पहँुचभन्दा बाहिर रहेको बस्ती । यो सिंगो दलित बस्तीमा न त सरकारले देख्यो, न त स्थानीय निकायले कुनै चासो नै देखायो ।
    यो समाजिाक यथार्थको कथा हो । जुन देशको सरकार समृद्धि र विकासको मात्र नारा फलाकिरहेको छ । त्यहि देशका नागरिक साव अक्षर चिन्न नसकेर आफ्नै परिवेशमा रनभुल्ल छन् ।
    कथा पश्चिम नेपालको कैलाली जिल्लामा अवस्थित मोहन्याल गाउँपालिका वडा नम्बर ७ कचाली गाउँको हो । जुन मानव वस्तीमा पुग्न महेन्द्र राजमार्ग अन्तरगत कैलाली जिल्लाको चिसापानीबाट करिब ९ किलोमिटर उत्तर चुरे पहाडमा अवस्थित छ । जहाँ ४० घर परिवार बसोबास गर्छन् । एकातिर चरम आर्थिक अभाव अनि अर्काेरित शिक्षाबाट बञ्चित । यो उनीहरुको बाध्यता हो या नेपाली हुनेको दुर्भाग्य । टिकापुर बजारबाट ३० किलोमिटर पूर्वी उत्तरमा रहेको यो मावन वस्तीमा आफैमा नेपाल छु या छैन भन्ने भान छ ।
    तर, मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य भन्ने उद्घोषका साथ अघि बढेको टिकापुर जेसीजकोे दुरदराजमा दृष्टि मात्र परेन । त्यो वस्तीमा शिक्षाको उज्यालो बत्ती बाल्ने उद्घोष समेत गरेको छ । वर्ष २०१९ का लागि गणेश साउदको नेतृत्वमा आएको टिमले यस देहाती गाउँमा शिक्षाको किरण छर्ने अभियान सुरु गरेको छ ।
    जुन गाउँमा एउटा पनि सरकारी विद्यालय छैन् । छ त एउटा सानो छाप्रो । त्यसमा पनि पानी पर्दा सबै छाप्रोमा पस्ने अवस्था छ । जहाँ ५० जना बालबालिका अध्ययन गर्छन् । त्यो पनि स्थानीयहरुको पहलमा एउटा छाप्रो बनाएर आफ्ना नानीहरुलाई कखरा सिकाउने गरिएको छ । त्यस गाउँबाट नजिकको विद्यालय जानका लागि करिब ३ घण्टाको बाटो खर्चेर पुग्नु पर्ने बाध्यता छ । यस्तो अवस्थामा रहेको यस क्षेत्रका बालबालिकाहरुको भविष्यलाई मध्यनजर गर्दै टिकापुर जेसीजले वर्षभरी शैक्षिक विकासमा काम गर्ने तयारी गरेको छ । साथै दाताहरुको सहयोग पाएमा र नेपाल जेसीजले पनि यसमा साथ दिएमा भौतिक संरचना समेत निर्माण गर्ने योजना रहेको छ । कार्यक्रमको पहिलो चरणमा विभिन्न शैक्षिक सामाग्री, खेलकुदका सामाग्री वितरण तथा स्वास्थ्यको क्षेत्रलाई मध्यनजर गर्दै एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । साथै विद्यार्थी नानीहरुलाई पोषणयुक्त खानेकुरा समेत वितरण गरेको शाखा अध्यक्ष गणेश साउदले बताउनु भयो । अध्यक्ष साउदले वर्षभरी विभिन्न योजनाका साथ यस क्षेत्रका बालबालिकाका क्षेत्रमा काम गरेर जाने बताउनु भयो । उहाँले अबको दोस्रो चरणमा झोला वितरण गर्ने कार्यक्रम रहेको बताउनु भयो । हाल उक्त विद्यालयमा एक जना शिक्षकले अध्यापन गराउँदै आएकी छिन् । साथै उक्त शिक्षकलाई थप सेवा सुविधा समेत दिएर प्रभावकारी शिक्षण गर्ने योजना रहेको टिकापुरको ।
    उक्त क्षेत्रमा भवन निर्माणका लागि स्थानीय अभियान्ता लक्ष्मण बजगाई लागि परेका छन् । उनले टिकापुर जेसीजको सहकार्य तथा विभिन्न निकायहरुसँगको समन्यवमा एक वर्षमा भवन निर्माण गर्ने योजना रहेको बताउनु भयो । यसो त उहाँले यस अभियानका लागि विभिन्न क्षेत्रमा सहयोग माग्ने क्रम पनि सुरु गर्नु भएको छ । दाताहरुको सहयोगमा उक्त स्थानमा भवन निर्माण गरी यहाँको विकराल शैक्षिक समस्यालाई हल गर्ने बताउनु भयो ।
    सरकारी क्षेत्र तथा स्थानीय निकायको कुनै नजर नपुगेको अवस्थामा टिकापुर जेसीजले सुरु गरेको यो अभियानले यस क्षेत्रका बालबालिकाहरुका लागि थप सारथी बन्ने देखिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…