• सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नं.१ आम्बाथान स्थित तार्तुङ झरणमा क्यानोनिङको सफल परिक्षण गरिएको छ । उक्त स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्य सहित तार्तुङ झरणामा क्यानोनिङको सफल परिक्षण गरिएको हो ।
    हेलम्बु गाँउपालिकका प्रमुख निमा ग्याल्जेन शेर्पाको आग्रहमा हेलम्बु छागावरोहण एवम् चहान आरोहण खोज अनुसन्धान अभियान समितिको सचिव मिङमार लामाको नेतृत्वमा हेलम्बु वडा नं. १ मा रहेको करिव १५ वटा जति झरणाहरुको अध्ययन पछि आम्बाथाङस्थित तर्तुङको ६५ मिटर अग्लो झरणामा क्यानोनिङ गर्न उपउक्त देखिएको लामाले बताए ।



    क्यानोनिङका विज्ञहरु सोनाम ह्योल्मो , धु्रब बिष्ट , किशोर शाही , प्रकास गुरुङ , सन्जिव गुरुङका साथमा उक्त अभियान समितिका सचिव मिङमार लामा र सदस्य पासाङ ह्योल्मो सहितको सात जनाको टोलीले आइतवार क्यानोनिङको सफल अभ्यास गरेको थिए ।
    सम्मख्यता अध्ययनका लागि काठमाण्डौ देखि आएको क्यानोनिङका विज्ञ धु्रब विष्टका अनुसार तर्तुङ झरणलाई क्यानोनिङको लागि प्राविधिक र सवै हिसावले उचित ठहर गरेको थियो ।
    हेलम्बु गाउँपालिका प्रमुख निमा ग्याल्जेन शेर्पाले सो झरणा र छागावरोहण अवलोकन गर्दै यसलाई व्यवसायिक रुप दिनुपर्नेमा जोड दिनुभयो । स्थानीय विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र हो । यसको विकास र प्रबन्दधनमा हामी सबै लाग्नु आवश्यक छ , यसका लागि जे जस्तो सहयोग गर्नु पारेमा हेलम्बु गाउँपालिका तयार रहेको कुरा गाउँपालिका प्रमुख शेर्पाले बताउनु भयो ।

    क्यानोनिङको खेललाई दिगो बनाउन यसको पूर्वाधारतर्फ झरणासम्म पुग्ने पदमार्ग , पोखरी, विश्राम कक्ष, लगायतका संरचना निर्माण गर्ने , प्रचारप्रसारलाई तीव्र पारिने र स्थानीय युवाहरुलाई तालिमको व्यवस्था गरेर स्थानीय युवाहरुलाई दक्ष—प्रविधिक जन्माउने उद्धेश्य रहेको वडा नं.१ क अध्यक्ष मिङमार लामाले बताउनु भयो ।
    आम्बाथाङको तर्तुङ झरणा काठमाण्डौं बाट करिव ५८ कि.मी.को दुरीमा छ । मेलम्ची बाट एक घण्टाको मोटरसाईकल यात्रा पछि तिम्बु बजार पुगेर त्यहाँ बाट करिव १५ मिनेटको पैदल यात्रा पछि तर्तुङ झरणा पुग्न सकिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…