• उर्लाबारी,फागुन १० गते । मोरङको उर्लाबारी–७ मा अत्याधुनिक फिनेक्स फिटशालाको औपचारिक रुपमा सुरु गरिएको छ । फिटशालाको उर्लाबारीका मेयर खड्ग फागोले उ्घाटन गरे ।
    उर्लाबारीका अर्जुन राई लगायतको युवाहरुको प्रयासमा सञ्चालनमा ल्याइएको फिटशालामा १ करोड १० लाख रुपियाँ लगानी भएको छ । मेयर फागोले फिटशालाको उद्घाटन गर्दै नेपालीहरुमा स्वास्थ्य बिग्रिएपछि मात्र उपचारमा जाने बानी रहेकोले रोगको जोखिम बढी रहेको बताए । फिटशालाले स्वास्थ्य मात्र नभएर आकर्षक शरिर बनाउन मदत पुग्ने भएकाले विश्वजगत यसतर्फ आकर्षित भएको उनको भनाई छ ।


    सञ्चालक राईले वयष्कले मात्र जिम गर्नुपर्छ, भन्ने गलत धारणा रहेको बताउँदै शरिर सन्तुलनमा राख्न सबैका लागि जिम आवश्यक रहेको बताए । जिमबाट रोग तथा मानसिक तनावबाट मुक्त हुन, आकर्षक शरिर तथा व्यवहार परिवर्तनको उपयुक्त थलो जिम रहेकाले सामान्य मानिसलाई दिनहुँ करिब डेढदेखि २ घण्टासम्म जिम आवश्यक रहेको सञ्चालक राईको भनाइ छ ।


    एरोबिक, जुम्बा फिटनेस, स्टेप एरोबिक, किक बक्सिङ, सर्किट ट्रेनिङ, बुट क्याम्प ट्रेनिङ, एक्वा फिटनेस लगायत कोर्स, वेट लस, वडी सेफ, काडियो ट्रेनिङ, वडी बिल्डिङ लगायतका कोर्ष समेत उक्त फिटशालामा सिकाइने जनाइएको छ । अन्तर्राष्ट्रिय स्तरको बडीबिल्डीङ प्रतियोगितामा सहभागी भइसकेका प्रशिक्षक विकास धिमालले प्रशिक्षण दिने सञ्चालकले जनाए । कार्यक्रममा अरनिको हस्पिटल प्रालिका अध्यक्ष लोलिम पोमु,सञ्चार क्लव नेपालका अध्यक्ष सरोज बस्नेत,जिवन वचाउ सुधार गृहका अध्यक्ष सागर राई लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको सन्चालन घनश्याम भण्डारीले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…