• विराटनगर/ कांग्रेसका नेता डा. कोइराला आउने भनेपछी चितवन , स्याड्जा,, कास्की , लमजुंग , नतहु , नवलपरासी , रुपन्देहीलगायत धेरै जिल्लाहरुमा उधुमै भिड़ लाग्छ । उनलाइ स्वागत गर्ने देखि आत्मियत देखाउने र काग्रेसिका बाढीनै लाग्छ । कांग्रेसको राजनीतिलाइ नजिकवाट नियालिरहेका विश्लेषक ओम आचार्य डा. कोइरालालाइ मोरंगले " घरको मुर्ग़ी दाल बराबर " रुपमा हेरेको टिप्पणी गर्छन । "नजिकको देउतालाइ हेपाइती गरेजस्तै हो" उनले भने" तर देशका धेरै ठाउँमा काग्रेसजन डा. कोइराला भनेपछी हुरुक्कै हुन्छन ।" डा. कोइरालाइ कार्यक्रमहरुमा बोलाउनेको सुचि धेरै हुन्छ। डा. कोइरालाका सहयोगी दिनेश थपलिया पनि डा. कोइरालालाइ कार्यक्रममा निम्तो गर्ने देशव्यापी रुपमा धेरै आग्रह आउने गरेको वताए । 'समय मिलाएर उहाँ गइरहनु भएको छ ' उनले भने ' ख़ासगरेर अप्रत्याशित रुपमा डाक्टरसाब दुखको बेला पुग्नुहुन्छ , काग्रेसीहरु दुखको बेला आएको भन्दै धेरैनै खुसी हुने गरेका छन । डा. कोइराला अहिलेको राजनीतिमा कोइराला परिवारका नेतृत्वकर्ता नै हुन । भलै महामन्त्री डा. शशांक कोइराला , नेतृसुजता कोइरालाको नाम पनि छ तर धेरै आशा भने डा. कोइरालासित छ कांग्रेसी कार्यकर्ताको । 'मोरंगमा लोकप्रिय छैनन भन्न खोजिएको हैन तर हामिले जुन रुपमा डा. कोइराला उच्चस्थान दिएर नेताको रुपमा मान्नु पर्ने हो त्यो अन्य जिल्लाले भुमिका निर्वाह गरेको देख्छु 'का्ग्रेसका एक स्थानिय नेताले भने ।



    देशका विभिन्न स्थानमा डा . कोइरालाको विचार सुन्न भिड़नै लाग्छ। प्रमुख वक्ताको रुपमा उनलाइ आमन्त्रण गरिन्छ। गएको महाअधिवेशनमा डा. कोइराला सर्वाधिक मत ल्याउने केन्द्रीय सदस्य हुन। उनलाइ १ नं प्रदेसभन्दा अन्य प्रदेसवाट मत बढ़ी आएको थियो । मोरंगमा नेता पिच्छे गुट उपगुट भएकोले पनि कोइरालालाइ एकल रुपमा सर्वमान्य ढंगले अघि बढन दिएको छैन ।तर मोरंग का्ग्रेसको राजनीतिमा डा. कोइरालाको उपस्थिति कमजोर भने छैन । जयनेपाल गर्दा नफर्काउने , सिमित घेरामा रहेर राजनीति गर्ने र तल्लो तहको पाटी पंक्तिप्रती अनुदार भएको आरोप डा. कोइरालालाइ लाग्ने गरेको छ। डा . कोइराला खरो स्वभावका छन । गएको प्रतिनिधीसभा निर्वाचनमा यस्तै यस्तै कारणले झिनो मतान्तरले लालबाबु पण्डितसंग हारे । तर उनले हरेस खाएका छैनन । पहिलो संविधानसभा निर्वाचनमा बिजयकुमार गच्छदारसित हारेपछी डा. कोइरालाले उप निर्वाचनमा बिजयी भएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…