• उर्लाबारी । मोरङको उर्लाबारी—९ स्थित सार्वजनिक माविको फागुन १६ र १७ गते हुने स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा उर्लाबारी नगर भित्रको मावि स्तरीय छात्र÷छात्रा फुटवल प्रतियोगिता भईरहेको छ ।
    स्वर्ण महोत्सवले छपक्कै छोपेको सार्वजनिक माविमा विविध कार्यक्रमहरु भईरहेको हो । फागुन १६ गते उमेश राई ‘फुलन्देको आमा’ र मौषम इङ्दुङ्ग फुलन्देको बाउले उपस्थित दर्शक दिर्घालाई मनोरञ्जन दिलाउने विद्यालयका प्रअ टंक दुलालले बताएका छन् । उनका अनुसार सो दिन हुने पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उहाँहरुको आकर्षक प्रस्तुति रहनेछ । फुलन्देको बाउ र आमा पछिल्लो समय हाँस्य व्यङ्ग्य क्षेत्रमा निक्कै चर्चाको शिखरमा छन् । स्वर्ण महोत्सवकै अवसरमा नायिका तथा सोहि विद्यालयकी पूर्व विद्यार्थी सिर्जना सुब्बाको पनि बेजोड प्रस्तुति रहने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङबुहाङले बताए । उनका अनुसार नगरका पालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुनेछ । सोहि दिन विद्यालयले स्टेज निर्माणकर्ता सुन्दर श्रेष्ठ लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…