• फागुन १०, पथरी
    मोरङको पथरीमा रहेको अन्नपुर्ण बोर्डिङ स्कुलले आफ्नो बार्षीक कार्यक्रम अन्र्तगत ३ दिने स्र्पोटस मिटको शुक्रवार समापन गरेको छ ।
    फागुन ८ गते देखी १० गते सम्म सञ्चालन भएको सो कार्यक्रमको शुक्रवार एक समारोहका विच समापन गरेको हो ।
    समापनमा विध्यालयलले गत वर्षको एसइइ परिक्षामा उत्कृष्ट अङ्क ल्याउने ६ जना विध्यार्थाीहरुलाई नगद ५ हजार ,सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।


    सम्मानित हुने हरुमा दिवाकर मगर, सुरज चौधरी, सेसेहाङ लिम्बू, यावेग लिम्बू,यानिल मगर र संजिता सारु मगर रहेका छन् उनिहरुले गत वर्षको परिक्षामा ए पल्सको नतिजा ल्याएको विध्यालयका सहायक निर्देशक खगेन पुलामी मगरले बताए ।
    त्यसै गरि विध्यालयले विध्यार्थीको शैक्षिक उननय साथै चौतर्फी विकासमा सहयोग पु¥याउन लागि पर्ने २ जना शिक्षक चन्द्र भण्डारी र टिका मगर लाई सम्मान गरेको विध्यालयका प्रधानध्यपक दिनेश वरालले वताए ।
    सम्मानित सवै विध्यार्थी र शिक्षकलाई समापन कार्यक्रमका प्रमुख अथिती नगर प्रमुख दिलिप कुमार राईले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन ।
    साथै विध्यालयले आयोजना गरेको ३ दिने स्र्पोटस मिटमा विभिन्न खेलमा सहभागी विजीयी विध्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरेको छ ।


    साथै सोहि अवसरमा अभिभावक लाई म्युजिकल चेयर,छेलो र को छिटो खाने भन्ने तिन खेलमा सहभागि विजयी अभिभावकलाई पुरस्कार स्वारुप दैनीक जिवनमा प्रयोग हुने उपभोग्य सामाग्री वितरण गरिएको छ ।
    कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन विभिन्न नृत्य हरु समेत प्रस्तुत गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…