• धुलावारी । हिमालयन अंग्रेजी मावि मेचीनगर–९ ले शुक्रवार बृहत सांस्कृतिक कार्यक्रमसहित विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ ।
    विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उप मेयर मिना उप्रेतीले गरेकी थिइन् ।
    विद्यालयकी प्रिन्सिपल उर्मिला क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले लोक, मोर्डन, झ्याउरे तथा पप गितमा नृत्य प्रस्तुत गरेका थिए भने साना कक्षाका नानीहरुले राइम्स र विद्यार्थीहरुले गीत प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा ठूला कक्षाका नानीहरुले विज्ञान सम्बन्धी विभिन्न सामाग्रीहरु प्रदर्शनीमा राखेका थिए ।
    कार्यक्रममा मनोबैज्ञानिक हेमन्त पनेरुले बाल मनोविज्ञान सम्बन्धी विभिन्न जानकारी गराएका थिए ।
    सोही कार्यक्रममा जग्गादाता दधिराम डाँगीलाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि उप मेयर मिना उप्रेती, विशेष अतिथि समाजसेवी प्रेम सम्बाहाम्फे, महिला नेतृ रेनुका डाँगीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    कार्यक्रममा मेचीनगर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोपाल खड्का, सामुदायिक वनकी केन्द्रीय सदस्य संगीता थापा, प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचाल, कविशिरोमण िमाविका सहायक प्रधानाध्यापक लोहित चापागाई, पारिजात पब्लिक स्कुलका प्रिन्सिपल विनोद प्रधान, महिला नेतृहरु मिरा पोखरेल, लक्ष्मी कटुवाल, सिता पोखरेल,
    सरस्वती सिटौलालगायतको सहभागिता रहेको थियो ।
    प्रिन्सिपल उर्मिला क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक राजु धिमाल र विजेता डाँगीले सयुक्त रुपमा गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…