• मेचीनगर, १० फागुन । बिद्याबिकाश एकाडेमी मेचीनगर ४ बाहुनडाँगीले बिबिध कार्यक्रमका साथ शुक्रवार २४ औ बार्षिकोत्सव मनाएको छ । बाहुण्डागी समाुदायिक भवनमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर ४ का वडाअध्यक्ष नबिन बरालले पानसमा दिप बालेर गरेका थिए । उनले बिद्यालले प्राप्त गरेका उपलब्धीको प्रसंसा गर्दै आगामी दिनमा बिद्यालयको शैक्षिक बिकासमा सहयोग पुर्याउने प्रतिबद्धता ब्यक्त गरे , कार्यक्रममा बिषेश अतिथि ग्रिन जेनेरेशन झापाका अध्यक्ष अर्जुन कार्कीले बिद्यार्थिहरुको क्षमता अभिबृद्धी गराउन पढाईका साथसाथै बिभिन्न खेल र शिप मुलक कार्यक्रममा बिद्यार्थिहरु लाई सहभागि गराउनु पर्ने धारणा राखे उनले बिद्यार्थिहरु लाई डोको, नाम्लो बुन्ने देखी नौमती बाजा बजाउनेसम्मका सिप सिकाउन आवश्यक रहेको बताए । सो अवसरमा बिद्यालयका निर्देशक बद्रि निरौलाले बिद्यालयको अवस्था र आगामी योजनाका बारेकाम प्रकाश पार्दै शैक्षिक शत्र २०७५÷ ७६ बाट स्मार्ट कक्षा संचालन गर्न लागेको बताए । कार्यक्रममा प्याप्सन मेचीनगर अध्यक्ष डम्बर रुचालले सरकार नया शिक्षा निति र बिधेयक पारित गर्न लागेको ले संस्थागत बिद्यालयहरुको समस्या लाई स्थानिय सरकारले सम्बोधन गर्ने गरि निति निर्माण गर्न अनुरोध गरे । कार्यक्रममा सरस्वति माबिका प्रधानाध्यापक भिम श्रेष्ठ , साथि एफएमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला लगायतले बोलेका थिए । कार्यक्रममा बिद्यार्थिहरुको एकल तथा सामुहिक नृत्य , गायन , राईम्स , मोर्डन फेसन सो , कल्चर फेसन सो , चेतना मुलक नाटक लगायत रोचक प्रस्तुति रहेको थियो । भने सो अवसमा २०७२ साल देखी २०७४ साल सम्म एस इइ परिक्षामा उत्रीण गरेका बिद्यार्थि र तिन वटै ब्यचमा उत्कृष्ट बिद्यार्थि हरु लाई सम्मान गरिएको थियो । ०७२ सालमा उत्कृष्ट मनिस कटुवाल , ०७३का रोहित राउत , र ०७४ का उज्वल सुबेदी लाई सम्मान पत्र द्धारा सम्मान गरियो । बिद्यालयका प्रिन्सीपल चन्द्रकर गौतमले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक श्याम आचार्यले गरेका थिए । त्यसै गरि मेचीनगर ९ स्थित आदर्श बिद्या मंदिर अंग्रजी माबिले बाषर््िाक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । दुई दिन सम्म चलेको कार्यक्रममा नर्सरीकक्षका छात्र छात्राहरुको स्ईट रेस , एक केजीको बेलुन फुटाउने खेल , १ देखी ५ स्म्मका बिद्यार्थिको दौड , कक्षा ७का बिद्यार्थिको भाले जुदाइ तथा सियोमा धागो उन्ने खेल र ८ देखी १० सम्मका बिद्यार्थिको म्याराथुन , लम्जङ , सिनियर जुनियर बिद्यार्थिको टेवलटेनीस , ब्याडमिन्टन भलिवल लगायतका खेल सम्पन्न गरेको खेल प्रशिक्षक पदम भन्डारीले बताए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिब कुमार रेग्मी को सभापतित्व  कार्यक्रममा उत्कृष्ट बिद्यार्थिहरु लाई पुरस्कार बितरण गरिएको थियो । भने बिद्यालयका प्रिन्सीपल कबिन्द्र श्रेष्ठले कार्यक्रमको को बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको संचालन शिक्षक खिला खनाल र रोहित सुब्बाले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…