• झिलझिले, फागुन १० ।
    दाउरा काट्न रुखमा चढेका झापाका एक युवकको लडेर बिहीबार मृत्यु भएको छ । ईलाका प्रहरी कार्यलय झिलझिलेका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्वर १ बस्ने ३१ वर्षीय सुमन राईको रुखवाट लडेर घटना स्थलमै मृत्यु भएको हो ।
    धरमपुर उत्तरको रतुवामाई वृक्षारोपण आयोजना अन्तर्गतको जंगलहातामा रहेका मसला जातको रुखको हाँगा काटेर दाउरा संकलन गर्न उनी रुखमा चढेका थिए । प्रहरीका अनुसार केहि हाँगा काटेर भुईमा खसालेका राई अन्य हाँगा काट्न अझै माथी चढेका थिए । रुखमाथी चढ्ने क्रममा चिप्लीएर उनले काटेर भुईमा झारेको हाँगामा राईको निधार बजारिएको प्रहरीले जनाएको छ ।
    दिउसो साढे तिनवजेतिर राई साईकल र खुर्पा लिएर जंगल पसेका थिए । साँझ सम्मपनि राई घर नपर्कीएपछि उनको खोजि हुदा मृत फेला परेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…