• विवेक मिश्र

    बेलबारी । मोरङको बेलबारी १० भाउन्नेमा निर्माणधीन सिर्जना पार्कको निर्माणका लागि युवा व्यवसायी तथा समाजसेवी रघु पुरीले १५ लाख ५ सय ५५ रुपैया सहयोग घोषणा गरेका छन । दि रिभर ओभरसिजका अध्यक्ष समेत रहेका समाजसेवी पुरीले अन्तर्रा्ष्ट्रिय स्तरको पार्क निर्माणको लागि सहयोग रकम घोषणा गरेका हुन ।

    पुरीले यसअघि पनि सो ठाँउको बिकास निर्माणमा ठुलो रकम सहयोग गरिसकेका छन भने एउटा एम्बुलेन्स समेत हस्तान्तरण गरिसकेका छन । स्थानीय ठाँउमा जन्मिएर हुर्किएका पुरीले संर्घष गरेर पाएको सफलता र आर्जन गरेको रकमबाट गाँउको बिकासका लागि गरेको यो सहयोग अतुलनीय रहेको स्थानीय समाजसेवी रबिन थापा बताउँछन ।

    पुरीले यसअघि डाँगीहाटमा आयोजित राष्ट्रिय फुटबल प्रतियोगितालगायत अन्य कार्यक्रमहरुमा समेत सहयोग गर्दै आएका छन । भाउन्नेस्थित सिर्जना सामुदायिक वन क्षेत्र भित्र ३३ विगाहा क्षेत्रफलमा निर्माण हुने सृजना पार्कको निर्माणका लागी झण्डै २ करोड लागत हुने र पाँच बर्ष्भित्र सम्पन्न हुने आर्थीक व्यवस्थापन समितिका सदस्य रविन थापाले बताए । पार्क निर्माणको पहिलो चरण अन्र्तगत पार्क्भित्र रहने ढुंगाका मुर्तिहरुको निर्माणका लागि नेपाल, भारत, वङ्गलादेश, पाकिस्तान, जर्मनी, ईटालीलगायतका विभिन्न देशका मुर्तिकारहरुको सहभागितामा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला गत सनिवार देखी सुरु भएको छ ।

    कार्यशाला तीन हप्तासम्म चल्ने र मुर्तिकारहरुले आ आफ्नै अवधारणा अनुसार आधुनिक प्रकारका विभिन्न मुर्तिहरु बनाउने जनाईएको छ । मुर्तिकला कार्यशालामा ४० देखि ४२ वटा मूर्तिहरु निर्माण हुने छन । निर्माणाधिन पार्क सिर्जना सामुदायिक वनको ३३ विगाहा क्षेत्रफलमा फैलिएको छ । प्रदेश सरकार, बेलबारी नगरपालिका, सृजना सामुदायिक वन, संघ संस्था, ब्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा पाँच बर्ष्भित्र निर्माण सम्पन्न हुने आयोजकले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…