• काठमाडौं । राज्यलाई तिर्नु पर्ने अर्बौ राजस्व नतिरेको आरोप खेप्ने गरेको एनसेलको मुख्यालयमै आक्रमण भएको छ। ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको छ।

    बम बिस्फोटमा परी २ जना घाइते भएको प्रहरीले जनाएको छ । बिस्फोटबाट वरिपरीका घरहरूमा समेत क्षति पुगेको बताइएको छ।

    घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको र विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ। यसअघि बाग्लुङबाट प्राप्त समाचार अनुसार त्यहाँ पनि बम आक्रमण भएको छ। बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगलागी गरेको हो।

    बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो । आगलागिबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    टावरमा कसले के प्रयोजनका लागि आगलागी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए।

    टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको छ । आगलागी भएका टावरमा एनसेलले पनि कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ ।

    खासगरि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विगतमा कर नतिरेको भन्दै एनसेलमाथि आक्रमण गर्दै आएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…