• फागुन १९ -भरतपुर १५ चितवनमा बन्न लागिरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण जनस्तरबाट नै हुन लागिरहेको छ । राष्ट्रिय गौरवकै रुपमा हेरिएको यस रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेशनले आर्थिक संकलनको कार्य तिब्ररुपमा गरिरहेका छन् । केही समय अगाडी पनि मलेसियामा रंगशाला निर्माण सहयोगार्थ कार्यक्रम गरी ३५ लाख संकलन गरेर आएका उनीहरुले देशलाई विश्वमा नै चिनाउने रंगशाला निर्माणका लागि सहयोग गर्न अपिल गरिरहेका छन् ।

     

    यसैबीच रंगशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न सकिने भएको छ । सिताराम कट्टेल एक् भिडियो सन्देश जारी गर्दे ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताएका हुन्।नेपाली मौलिक शैलीमा निर्माण हुन लागिरहेको रंगशाला बहुआयामिक हुनेछ । क्रिकेट रंगशाला भनिएतापनि त्यहाँ अन्य खेलहरु पनि खेलाउन सकिनेछ ।

    रंगशाला निर्माणका लागि फिल्डको काम सुरु भईसकेको छ भने फाउन्डेशनले कर्मचारीहरुको आवास र संचालनका लागि चितवनको रामपुरमा शाखा कार्यालय समेत सञ्चालन गरिसकेको छ। करिब ३ अर्ब लगानीमा निर्माण हुन लागिरहेको रंगशालाका लागि हिजोमात्र कर्मचारीको माग समेत गरिएको छ । फाउन्डेशनले २ बर्षभित्र निर्माण सम्पन्न गरी महानगरलाई हस्तान्तरण गर्ने योजना बनाएको छ ।

    https://www.youtube.com/watch?v=yF9ZFQHwE1s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…