• काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेलको गेटमा विष्फोटगराइएको छ। घटनामा ३ जना घाइते भएका छन्।

    घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    घाइते मध्ये बागडोल बस्ने प्रतिक्षा खड्काको अल्का अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचाररत् दुई जनाको परिचय खुलेको छैन । यसअघि विहीबार राति बाग्लुङमा पनि एनसेल टावरमा आगजनी भएको थियो।

    यसैबीच, कमलपोखरीको आँगन मिठाई पसल अगाडि पनि शंकास्पद वस्तु भेटिएको छ।

    यसअघि बाग्लुङबाट प्राप्त समाचार अनुसार त्यहाँ पनि बम आक्रमण भएको छ। बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगलागी गरेको हो।

    बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो । आगलागिबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    टावरमा कसले के प्रयोजनका लागि आगलागी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…