• काठमाडौं । सरकारलाई अर्बौ कर नतिरेको आरोप खेपिरहेको निजी लगानीको दूरसञ्चार कम्पनी एनसेलमाथि ठाउँठाँउमा आक्रमण भएको छ । प्राप्त जानकारी अनुसार ऐनसेलको बाग्लुङस्थित विभिन्न टावर र राजधानीमै रहेको मुख्यालयमा समेत बम बिस्फोट गराइएको छ । शुक्रबार साँझ ठाउँठाउँमा विस्फोट गराइएको हो।

    अज्ञात समुहले बम विस्फोट गराउँदा कतिपय ठाउँमा टावरहरू ध्वस्त भएका छन्। ललतिपुरको भैँसेपाटीस्थित एनसेल टावरलाई लक्षित गरी गराइएको विस्फोटमा टावर ध्वस्त भए पनि अन्य केकति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन । एनसेलले नेपाल सरकारलाई लाभकर नतिरेको भन्दै जनस्तरबाटै विरोध भइरहेको समयमा विस्फोट गराइएको हो।

    यसैगरी बागलुङ जिल्लाको बागलुङ नगरपालिका ७ मूलपानी, गल्कोट नगरपालिका ८ काँडेबास र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेका एनसेलका टावरमा पनि विस्फोट गराइएको समाचार प्राप्त भएको छ। विस्फोटपछि भएको आगलागीबाट टावरमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    टावरमा कुन शक्तिले विस्फोट गराएको हो भन्ने विषयमा कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताएका छन्। टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको जनाइएको छ।

    यस्तै पोखरा महानगरपालिका २७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा आगजनी गरिएको छ। सर्वोच्च अदालतले केही दिनअघि एनसेलले सरकारलाई अर्बौं कर तिर्न बाँकी देखिएकाले कर तिराउन सरकारका नाममा आदेश जारी गरेको थियो तर सरकारले कुनै वास्ता गरको छैन।

    एनसेलले नेपाल सरकारलाई कर छली गरेकाले तत्काल कर भुक्तानी गराउन माग गर्दै जनस्तरबाटै विरोध भइरहेको छ। जनताको उक्त मागको समर्थन गर्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि विगतदेखि सङ्घर्ष गर्दै आएको छ।

    यो घटनाका बारेमा विप्लव नेकपाले तत्काल मुख नखोल्ने बताएको छ। नेताहरुले सम्पर्क गर्न खोज्दा फोन स्विच अफ गरेका छन्। बम विस्फोटपछि राजधानीको सुरक्षा अवस्था कडा गरिएको छ।

    विभिन्न नाका र सडकहरुमा चेकजाँचलाई कडा पारिएको छ। प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी इकाइहरुलाई अलर्ट रहन निर्देशन दिएको जनाइएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…