• काठमाडौँ । ललितपुरको नख्खुमा हिजो राति भएको वम विस्फोटमा परी गम्भीर घाईते भएका सिंहप्रताप गुरुङको मृत्यु भएको छ।

    ललितपुरको नख्खुमा रहेको एनसेल मुख्यालयमा हिजो बेलुका भएको बम विस्फोटमा परी गम्भीर घाईते भएका लमजुङको मेलुङ स्थायी घर भई हाल ललितपुरको भैसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको उपचारका क्रममा शुक्रबार राति करिब साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

    त्यस्तै उक्त वम विस्फोटमा परी घाइते भएका बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भएकी स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। उक्त विस्फोट गराएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।

    हिजो शुक्रबार अज्ञात समुहले बागलुङ जिल्लाको बागलुङ नगरपालिका ७ मूलपानी, गल्कोट नगरपालिका ८ काँडेबास र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेका एनसेलका टावरमा पनि विस्फोट गराएको छ।

    विस्फोटपछि भएको आगलागीबाट टावरमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। यस्तै पोखरा महानगरपालिका २७ चन्द्रकालिका डाँडाको नाकस्थित एनसेलको टावरमा आगजनी गरिएको खबर प्राप्त भएको छ।

    यसैगरि धादिङ्को चन्डिस्थानमा पनि एनसेलको टावरमाथि आक्रमण भएको विवरण प्राप्त भएको छ। सर्वोच्च अदालतले केही दिनअघि एनसेलले सरकारलाई अर्बौं कर तिर्न बाँकी देखिएकाले कर तिराउन सरकारका नाममा आदेश जारी गरेको थियो तर सरकारले कुनै वास्ता गरको छैन।

    एनसेलले नेपाल सरकारलाई कर छली गरेकाले तत्काल कर भुक्तानी गराउन माग गर्दै जनस्तरबाटै विरोध भइरहेको छ। जनताको उक्त मागको समर्थन गर्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि विगतदेखि सङ्घर्ष गर्दै आएको छ।

    यो घटनाका बारेमा विप्लव नेकपाले तत्काल मुख नखोल्ने बताएको छ। नेताहरुले सम्पर्क गर्न खोज्दा फोन स्विच अफ गरेका छन्। बम विस्फोटपछि राजधानीको सुरक्षा अवस्था कडा गरिएको छ।

    विभिन्न नाका र सडकहरुमा चेकजाँचलाई कडा पारिएको छ। प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी इकाइहरुलाई अलर्ट रहन निर्देशन दिएको जनाइएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…