• फागुन ११, काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवा र कोइराला परिवार नेताहरूबीच वाक्युद्ध चलेको छ। पार्टीको नयाँ विधान र नेपाल विद्यार्थी संघको विषयमा किचलो भइरहेका बेला थप विवाद देखिएको छ।

    सभापति देउवाले बुधबार वीरगन्जमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइराला परिवारप्रति कटाक्ष गरे। त्यसअघि महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्यहरू डा। शेखर कोइराला र सुजाता कोइरालाले वीरगन्ज पुगेर देउवाको आलोचना गरेका थिए। यसले नेताहरूबीचको मनमुटाव सतहमा देखिएको छ।

    महासमिति बैठक सकिएको दुई महिना बितिसक्दा पनि विधान अनुमोदन भएको छैन। नेताहरूले भने विधान र संघको अन्तिम टुंगो लाग्ने दाबी गरिररहेका छन्। सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताबीच अनौपचारिक कुराकानी चलिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

    बिहीबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक नेताहरूबीचको असहमतिका कारण बस्न सकेन। कांग्रेसले आउँदो आइतबारका लागि बैठक बोलाएको छ। यो अवधिमा पनि सहमति जुट्ने छाँटकाँट छैन। विधान सहमतिमै केन्द्रीय समितिबाट पारित हुने प्रवक्ता शर्माको दाबी छ। ‘पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी अनौपचारिक छलफल गरिरहेका छन्’, उनले भने, ‘यसको चाँडै टुंगो लाग्छ।’ बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीबीच विधानलाई अन्तिम रूप दिने विषयमा छलफल भएको थियो। अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…