• अमेरिका, अष्ट्रेलिया, युके, कोरिया, जापान, फ्रान्समा शो पक्का

    क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ आज हङकङबाट वल्ड प्रिमियर शो हुँदैछ । ‘हेल्प फर ह्युमानिटी’ भन्ने मूल नाराका साथ हङकङमा यो प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनपछि जम्मा भएको केही रकम सामाजिक कार्यका लागि सहयोग गरिने हङकङ प्रदर्शन आयोजक एचकेट्युव नेपालका संयोजक अनोज रोक्काले जानकारी दिएका छन् । आज (२३ फेब्रुअरी) हङकङको याउमा तेइ स्थित कम्युनिटी हलमा बेलुका ६ः३० बजे चलचित्र ‘पुरानो बुलेट’ प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शन गर्ने जिम्मा अनोजका अलवा, विजय लिम्बु, मज्जाको राई, सरु राई र सुनिता आङदेम्बेले लिएका हुन् । चैत्र १ गतेदेखि अलनेपाल प्रदर्शनमा आउन लागेको यस चलचित्र नेपालमा लागिसकेपछि अन्य देशहरुमा पनि प्रदर्शन गरिने कार्यकायरी निर्माता सन्तोष राईले जानकारी दिए । कार्यकारी राईले भने –‘हङकङको प्रदर्शन पनि हामीले चलचित्र अलनेपाल लगाउँदैछौं । त्यसपछि तुरुन्त अमेरिका, अष्ट्रेलिया, युके, कोरिया, जापान, फ्रान्सको प्रदर्शन मिति पक्का भएको छ ।’

    चलचित्रमा मेल लिड रोल अनुप विक्रम शाहीले सम्हालेका छन् भने उनलाई वर्र्षा शिवाकोटी र माला लिम्बुले साथ दिएका छन् । यस्तै शिव मुखिया, कविता आले मगर, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता, लगायतको अभिनय रहेको छ । भीषण राईद्वारा निर्देशित यस चलचित्र सन्तोष राई, अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई हरि घले लामाले खिेचका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

    https://www.youtube.com/watch?v=oWaQNX9H3Z0

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…