• कुमार खड्का फागुन ११, पथरी
    मोरङ्गको पथरी शनिश्चरे नगरपालिकामा फागुन १७ देखि चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगिता हुने भएको छ ।
    “हाम्रो नगर हाम्रो शान खेलकुद विकास हाम्रो आह्वान” भन्ने नाराको साथ सो प्रतियोगिता हुन लागेको हो ।
    पञ्चायत माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको विजयीवडाले नगद ५१ हजार, उप–विजयीता वडाले ३१ हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने वताईएको छ ।


    विजयीको पुरस्कार वाल्मीकि मेमोरियल बोर्डिङ स्कुल र उप विजेताको पुरस्कार ब्रिटीस आर्मी युके ग्रुपले प्रायोजन गर्ने खेल संयोजक बिक्की राईले जानकारी दिए ।
    क्लबको आयोजनामा हुने सातौं संस्करणको प्रतियिगिता नगर वडा कप तर्फ भने चौथो रहेको शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले जानकारी दिएको छ ।
    प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए ।
    बिधागत बिजेताहरुले जनही २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन भने प्रत्येक दिनको मेन अफ द म्याचले १५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ
    मेन अफ द म्याचको पुरस्कार पथरी शनिश्चरे १ मा रहेको सिक्का लञ्ज एण्ड बारले प्रायोजन गरेको छ ।
    नगरमा रहेका खेलप्रेमी युवाहरुलाई लागू औषध दुव्र्यसनी बाट टाढा राखी स्वस्थ जीवन बिताउन अभिप्रेरित गर्न प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक राईको भनाई छ ।
    प्रतियोगिता सम्पन्न गर्न अनुमानीत ६ लाख १० हजार रुपैया लाग्ने आङ्कलन आयोजकले गरेको । क्लबले यस अघि पनि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल हुदै काम गर्दै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…