• कुमार खड्का फागुन ११, पथरी
    मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरलाई हात्तीपाइले रोगलाई नगरवाट निदान गर्न आगामी फागुन १५ वाट हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान सुचारु गर्ने भएको छ ।


    विश्वका करडौ मानीसहरुले हात्तीपाइले रोग विरुद्घको औषधी सेवन गरिसकेको र औषधी सेवन गर्दा कसैलाई वाकवाकी लाग्ने, बान्ता हुने, रिङ्गटा लाग्ने आदि जस्ता लक्षणहरु देखा पर्न सक्ने भएको हुदा त्यस्ता लक्षणहरु देखा पर्दा नआतीन नगर स्वास्थ्य संयोजक मुरारी आर्चायले आग्रह गरेका छन् ।
    बरु यस्ता लक्षण हरु देखा परे आफ्नो शरिरमा पनि रोगको परजिवी रहेछ भनेर बुझ्नु पर्ने उनले वताएका छन् ।
    साथै उनले औषधि, खाना या नास्ता खाएपछि खाएमा यस्ता असर धेरै कम देखा पर्ने र खास गरिकन यस्ता असर यो रोगका परजिवि भएका ब्यक्ती लाई हुन सक्ने र परजिविको संख्या अनुसार असर पनि घटबढ हुने उनले वताए ।


    हात्तीपाइले रोगको औषधी पॉच दशक पहिले नै विकास भै हाल सम्म सोही औषधि उपचारमा प्रयोग हुदै आएको र विश्व स्वास्थ्य संगठन्ले पनि मान्यता दिएको औषधी भएकोले ढुक्क भएर औषधी प्रयोग गर्न उनले आव्हान समेत गरेका छन् ।
    पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा औषधि खुवाउने सम्वन्धमा शनिवार आयोजित स्वाथ्य स्वयमसेविका अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राईले सवैजना नगरवासीलाई औषधि खानका लागि आव्हान गरेका छन् ।
    उनले नगरको स्वास्थ्य शाखाको आयोजना सम्पन्न अन्तरक्रियामा वोल्दै फागुन १५ गते प्रत्येक वडामा कार्यक्रमको उद्घाटन् गरी घर घरमा गएर स्वास्थ्यकर्मीले औषधि खुवाउने अभियान रहेको ले ढुक्क भएर औषधी सेवन गर्न अपिल गरेका छन् ।
    उनले नगरका नीजि अस्ताल सहितका सरोकारवाला निकायलाई औषधि खुवाउने अभियानमा लाग्न समेत आव्हान गरेका छन् ।
    नगर पालिकाले यस पटक ५० जना स्वास्थ्यकर्मी परिचालन गरी १ साताको अवधिमा सवैलाई औषधि खुवाइसक्ने योजना वनाएको छ ।
    नगरमा हाल १ दर्जनको संख्यामा हात्तीपाइले संक्रमित भई औषधि खाईरहेको वताईएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…