• फागुन ११ ,पथरी ।
    मोरङको कानेपोखरी गाँउपालिका वडा नम्वर ६ मा रहेको जेनिथ इङ्लीस स्कुलले आफ्नो स्थापना दिवशको आवसरमा २२८ विद्यार्थीलाई पुरस्कृत गरेको छ ।


    गत विहिबारबाट सुरु भएको ३ दिने खेलकुद कार्यक्रमको शनिबार एक समारोहका विच समापन गरिएको छ ।
    समापन कार्यक्रममा विभिन्न खेलको विधामा पहिलो, दोस्रो र तेस्रो हुने २ सय २८ जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका वडा नंं ६,का वडाध्यक्ष खड्ग बहादुर बस्नेतले प्रमाण पत्र र मेडलले सम्मान गरेका थिए ।
    त्यसैगरी कार्यक्रमका विशेषअतिथि कानेपोखरी गाउँपालिकका नीजि विद्यालयहरुको संगठन ‘प्याप्सोक’का सचिव विद्यानान्द चौधरी, सदस्य तथा सर्चलाईट इङ्लिस स्कुलका निर्देशक महेन्द्र बोहोराले पनि खेलमा प्रथम,द्धितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरेका थिए ।
    खेलमा नर्सरी देखि कक्षा दुई सम्मका विद्यार्थीहरुले स्पोन रेस, हिसाब दौड, १सय मिटर दौड, सियोधागो दौड, चक्लेट दौड लगाएतका १६ वटा खेलमा सहभागिता जनाएका थिए ।


    यसैगरी कक्षा ३ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुले चेस, भलिवल, फुटसल, हाइजम, लमजंङ, हाजिरिजवाफ प्रतियोगिता,छेलो र म्याराथोन गरी ८ वटा खेलमा विद्यार्थीले भाग लिएका थिए ।
    जम्मा २४ वटा खेलमा जम्मा ३ सय १० जना विद्यार्थीहरु सहभागी भएको खेलमा २ सय २८ जना खेलमा प्रथम,द्धितिय र तृतीय भएको भाईस प्रिन्सिपल जयबहादुर राईले बताए ।


    कार्यक्रममा प्रमुख अतिथि,विशेषअतिथि र अतिथिहरुलाई विद्यालयका संस्थापक निर्देशक दिनेस सुब्बाले मायाको चिनो विचरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रमको सभापतीत्व प्रिन्सिपल पुण्य प्रसाद कोइरालाले गरेका थिए ।
    स्थापना कालमा १४५ जना विद्यार्थीबाट कक्षाहरु सुरु गरेको विद्यालयले अहिले नर्सरी देखि कक्षा ९ सम्म पठनपाठन गरिरहेको छ ।
    नर्सरी देखि कक्षा ९ सम्म ३६५ जना छात्राछात्र अध्ययनरत छन् । विद्यालयले गरिव,जेहेनदार तथा दलित विद्यार्थीहरुलाई छात्रवृत्ती दिदै आइरहेको विद्यालय संचालक प्रकास परियारले बताए ।
    कार्यक्रमको संचालन भने भाईस प्रिन्सिपल जयवहादुर राईले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…