बाहुनडाँगी । सिद्धार्थ जेसीजले भैरहवाको लुम्बिनी रोडमा अवस्थित सिद्धार्थ बाल गृहलाई खाधान्न वितरण गरेको छ ।
नेपाल जेसीजको ४४ औँ राष्ट्रिय महाधिवेशन उत्कृष्ट रुपमा सम्पन्न गनरेको सिद्धार्थ जेसीज वर्ष २०१९ का अध्यक्ष राकेश गुरुङको सभापतित्व तथा सिद्धार्थ जेसीजका वर्ष २००३ का अध्यक्ष दिलिप धितालको प्रमुख आतिथ्यतामा उक्त संस्थालाई ४५ हजार मुल्य बराबरको खाद्यन्न सामाग्री वितरण गरिएको थियो ।
शाखाका वर्ष २०१९ का कार्यक्रम निर्देशक नरेन्द्र बन्जाडेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सिद्धार्थ लेडी जेसीजकी अध्यक्ष पार्वती पौडेल, बाल गृहका संचालिका कृष्ण कुमारी गुरुङले बोल्नु भएको थियो । उक्त कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु, बोर्डका पदाधिकारीहरु, साधारण सदस्य,लगायतको उल्लेखिय सहभागिता रहेको थियो ।
शाखाका कार्यक्रम संयोजक नरेन्द्र बन्जाडेले स्वागत गरेको कार्यक्रमको संचालन शाखाका वर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष दीपक काफ्लेले गर्नु भएको थियो । गएको फागुन ७ गते प्रजातन्त्र दिवसका दिन दीप प्रज्वलन गरेको यस शाखाको यो वर्षको दोस्रो कार्यक्रम हो ।

