• बाहुनडाँगी । धुलाबारी जेसीजको आयोजनामा आज एक दिने प्रस्ताव लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिम उदघाटन समारोहमा प्रमुख अतिथि मेचीनगर वडा नम्वर–१० का अध्यक्ष सुवेशकुमार पनेरुले तालिमले युवाहरुमा काम गर्ने नयाँ शैलीको बिकास हुने बताउनुभयो । प्रस्ताव लेखन तालिमका अभावले नगरपालिकाले गर्ने धेरै कामका लागि माग गरिएको प्रस्तावमा गुणस्तरिय प्रस्ताव नपर्ने गरेको वडा अध्यक्ष पनेरुले बताउनु भयो ।
    धुलाबारी जेसीजका अध्यक्ष केशब पोखरेलको अध्यक्षतामा सम्पन्न तालिममा मेचीनगर लेडी जेसीजकी अध्यक्ष मञ्जु खनाल, धुलाबारी जेसीजका पुर्व अध्यक्ष लिलाप्रसाद भण्डारी, धुलाबारी जेसीजका तालिम संयोजक योगेश राजबंशी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
    मेचीनगर क्षेत्रका २३ संस्थाका ४० बढीको सहभागिता रहेको कार्यक्रम संयोजक गगन पोखरेलले जानकारी दिनुभयो । मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न तालिमको उदघाटन सत्रमा कार्यक्रम संयोजक गगन पोखरेलले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम धुलाबारी जेसीजका महासचिब डिल्लीराम भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…