• ललितपुर, फागुन ११
    ललितपुर महानगरपालिका-४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा शुक्रबार राति करिब ८ बजे विष्फोटन भएको घटनाको अनुसन्धानको क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको भने प्रहरीले नाम सार्वजनिक गरेको छैन।

    घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

    घटनामा परी गम्भीर घाइते भएका ३ जनामध्ये ललितपुर भैंसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

    साथै, घटनामा घाइते भएकी ललितपुर महानगरपालिका-४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्कालाई अल्का अस्पताल हुँदै थप उपचारको लागि मेडिसिटी अस्पताल रफेर गरिएको छ भने अर्की घाइते नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया निरूसा मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ।

    विष्फोटनबाट एनसेल कार्यालयको सुरक्षा गार्ड बस्ने घरको सिसा र नजिकैका ५ घरका शिसा फुटेर क्षति भएको छ।

    घटना सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…