• बाहुनडाँगी । भद्रपुर जेसीजका सन् १९९८ का अध्यक्ष स्वर्गीय खगेन्द्र सुवेदीको १४ औ स्मृति दिवसको अवसरमा सात जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै शैक्षिक सामाग्री वितरण गरिएको छ ।
    भद्रपुर जेसीजको पहलमा भद्रपुर तथा हल्दिवारी क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत सात जना गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई माध्यमिक तह सम्म निशुल्क अध्ययन गर्ने व्यवस्था मिलाई दिएको छ । छात्रवृत्ति पाउनेहरुमा विदुर इङलिस बोडिङ्ग स्कुलका अजय वानियाँ, एमरल्ड एकाडेमीकी सरस्वती सिंह, हिमालय इङलिस स्कुलका विवेक राई, विभुति विद्या मन्दिरका महेश दुलाल, नेशनल मेरिगोल्ड इङलिस स्कुलका संजय बानियाँ, प्रज्ञा एकाडेमीकी तृष्ण राई र सिग्मा इङलिस स्कुलकी दिक्षा ढकाल रहेका छन् ।
    भद्रपुर जेसीजका सन २०१९ का अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व राष्ट्रिय महासचिव भरत प्रसाई, प्रकाश भण्डारी, निवर्तमान अध्यक्ष सोम ढुङ्गेल, स्वर्गिय खगेन्द्र सुवेदीका दाजु गुरुप्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    भद्रपुर जेसीजका महासचिव डिल्लीराम पोखरेलको सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मनोज भट्राईले स्वागत मन्तव्य राखेका थिए । स्वर्गिय सुवेदीको जिवनी माथी सोम ढुङ्घगेलले प्रकाश पारेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…