• धुलावारी । मेचीनगर १० धुलाबारि स्थित ईष्ट होराईजन अंग्रेजी माविले आज होराईजन किड्स डे मनाएको छ ।
    पासाङ लाहामु स्मृती भवन धुलाबारिमा आज आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले पानसमा दिप प्रज्वलन गरि गर्नुभयो । कार्यक्रममा बिद्यालयका कक्षा नर्सरी देखी चार सम्मका बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
    किड्स डे पुर्ण रुपमा साना बिद्यार्थी केन्द्रित कार्यक्रम रहेको बिद्यालयका प्रिन्सिपल सञ्चिब राईले बताउनु भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले नगरपालिकाले अब नीजि र सामुदायिक बिद्यालयलाई कुनै बिभेद नगरि सरकारबाट प्राप्तहुने सेवा सुविधालाई समान रुपले बितरण गर्दै लैजाने धारणा राख्नुभयो ।
    त्यस्तै बिशिष्ठ अतिथिको आसनबाट बोल्दै मेचीनगर उप–प्रमुख मिना पोखरेल उप्रेतीले अबको १÷२ दिनमै नगरले शिक्षा ऐन पारित गरि कार्यन्वयनमा ल्याउने जानकारि दिदै नीजि बिद्यालयले समाजमा शिक्षाको स्तर माथि उकास्ने काममा महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्नु भयो । कार्यक्रममा बिद्यालयकी निर्देशक साबित्रा सापकोटा, प्रिन्सिपल राई लगायतले बोलेका थिए ।
    बिद्यालय ब्यस्थापन समितिका अध्यक्ष माधब पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेन्द्र गिरि, मेची नगर लेडिज जेसिसकी संस्थापक अध्यक्ष कबिता शर्मा, बर्तमान अध्यक्ष केशव पोख्रेल, मेची क्याम्पसका प्राचार्य शिरो सान्दाई, सञ्चारकर्मीहरु ईन्द्रजित मुखिया, हिमाल खरेल, बिमर्श उप्रेती, डम्बर बराल, शिषिर चौलागाईं, जीआर धिताल, मनिषा चौलागाईं लगायतको उपस्थिती रहेको थियो ।
    बिद्यार्थीहरुले बिभिन्न समुदायको प्रतिनिधित्व हुने गरि नृत्य तथा चेतना मुलक नाटक समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यालयका बिभिन्न बिधाका क्याप्टेनहरुलाई सम्मान समेत गरिएको थियो । बिद्यालयका प्रिन्सिपल सञ्चिब राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन दर्जन बढि बिद्यार्थीहरुले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…