• विश्वराज तामाङ
    उदयपुर।  उदयपुरमा निःशुल्क एक दिने प्राथमिक उपचार संबन्धि तालिम सम्पन्न भएको छ संयुक्त अरब इमिरेट्सस्थित रोयल डिस्कोभरी स्पोर्टस एलएलसी कम्पनीको आयोजना उदयपुर प्रवासी सेवा समाज युएईको समन्वय तथा पानस उदयपुरको स्थानिय आयोजनामा तालिम सम्पन्न भएको हो ।
    तालिममा मानव जीवनमा आइपर्ने विभिन्न दुर्घटना, विपत्ति र रोगहरुबाट बच्ने र बचाउने उपाय तथा आकस्मिक रुपमा कसैलाई अस्पताल लानुपरेको खण्डमा बिरामीको अकालमा ज्यान जानबाट जोगाउने विषयमा सर्वसाधारणमा चेतना तथा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो ।

    तालिममा जिल्लाको विभिन्न क्षेत्रबाट ६२ जनाको सहभागीता रहेका थियो नेपालका ग्रामीण भेगमा आधारभूत प्राथमिक उपचार सेवा नपुगेको, स्वास्थ्य चेतनाको कमी तथा प्राथमिक उपचारकको अभावमा कैयौंले ज्यानसमेत गुमाइरहेको तथ्यलाई मध्यनजर गर्दै देशव्यापी रुपमा प्राथमिक उपचारसम्बन्धी तालिमको अभियान चलाइएको आयोजकले बताएका छन । तालिमको उद्घाटनको क्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले नागरिकको सुरक्षाको लागि संविधानलेनै मौलिक अधिकारकोरुपमा व्यवस्था गरेकाले यस्ता कार्यक्रम व्यापक बनाउनु पर्नेमा जोड दिनु भयो ।

    कार्यक्रममा गैसस महासंघ प्रदेश नम्बर १ का ईन्चार्ज तथा केन्द्रिय सदस्य महेश्वरी राई, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, गैसस महासंघ उदयपुरका अध्यक्ष सुमन परियारले प्राथमिक उपचार तालिम नेपाल जस्तो देशका विभिन्न भागमा आवश्यक रहेको जनाएका थिए ।

    एलएलसीले यस अघि विभिन्न १८ जिल्लामा तालिम प्रदान गरिसकेको छ, उदयपुर संगै ९ जिल्लामा तालिम दिने कार्यक्रम रहेको एलएलसीका प्रबन्ध निर्देशक ओम उप्रेतीले जानकारी दिए । तालिमबाट उदयपुरको विभिन्न क्षेत्रमा आपतिकालिन अबस्थामा प्राथमिक उपचार गर्न मद्दत पुग्ने उदयपुर प्रवासी सेवा समाज युएईका उपाध्यक्ष निर्मल खड्काले जानकारी दिए । प्रवासमा रहेर पनि आफ्नो ठाउँको लागि आगामी दिनमा अन्य कार्यक्रमहरु समेत संचालन गर्ने संस्थाका महासचिव नवराज घिमिरेले जानकारी दिए । संस्थाले विगत देखिनै विभिन्न सामाजिक कामहरु गर्दै आएकाले यस किसिमको कार्यलााई निरन्तरता दिईने उदयपुर प्रवासी समाज युएईका सल्लाहकार लक्ष्मण निरौलाले जानकारी दिनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…