• काठमाडौँ, ११ फागुन  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता टेलिभिजन नेपाली समाज र राष्ट्रलाई अगाडि बढाउने बैकल्पिक धार स्थापित गर्न महत्वपूर्ण अगुवाका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

    जनता टेलिभिजनको स्टुडियो भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “वैचारिक निष्ठालाई विचलित हुन नदिने र जनताप्रतिको विश्वास तथा जनताका निम्ति गरिने काम आफ्नो आदर्शबाट दायाँ बायाँ हुन नदिने गरी तपाईँहरुले गर्नुभएको सङ्कल्पलाई मैले चुनौतीपूर्ण लिएको छु ।”

    उहाँले टेलिभिजन प्रसारणको मात्र विषय नभई आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक दृष्टिकोणले नयाँ समाज निर्माणको महाअभियानको महत्वपूर्ण पक्ष भएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “कुनै पनि समाज कसरी अगाडि बढ्छ भन्ने कुन विचार, मूल्य र मान्यताद्वारा निर्देशित छ भन्नेमा भर पर्छ ।”

    ठूला सकारात्मक तथा क्रान्तिकारी परिवर्तन निश्चित मूल्य मान्यताका आधारित भएर निर्माण गरिएको जनमतबाटै बन्ने उल्लेख गर्दै उहाँले गलत र भ्रमित जनमतले समाजमा धरै विसङ्गति र विकृतिले जन्म लिने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “सही विचारका आधारमा जनमत निर्माण गर्ने निकै ठूलो काम हो, यो सरल काम होइन, दीर्घकालनीन र निरन्तर अघि लैजानुपर्ने काम हो ।”

    लामो सङ्घर्ष र बलिदान पछि नेपालमा राम्रो राजनीतिक प्रणाली स्थापित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिलेको परिवर्तन गुणात्मक प्रकृतिको छ, यसले प्रणालीलाई नै परिवर्तन गरेको छ । ऐतिहासिक ढङ्गले एउटा प्रणालीको ठाउँमा नयाँ प्रणालीको विकास गरिएको छ । त्यसलाई संविधानले वैधानिकता दिएको छ ।”

    संविधानले परिकल्पना गरेको समाजवाद र सामाजिक न्यायसहितको व्यवस्थालाई जनतासमक्ष सम्प्रषित गर्ने गहन जिम्मेवारी डिजिटल मिडियामा सङ्केन्द्रीत हुन आइपुगेको उहाँको भनाइ थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…