• बाहुनडाँगी । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा दोस्रो उदयपुर जेसीज खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ सम्पन्न भएको छ !
    प्रत्येक बर्ष प्रजातन्त्र दिवशको अवसर पारेर आयोजना गरिने ब्याडमिन्टन प्रतियोगिता यस पटक पनि फाल्गुन ११ गते शनिबारको दिन सम्पन्न भएको छ । प्रसतयोगिताको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गर्नु भएको थियो । प्रतियोगितामा उदयपुर लगायत सिरहा, सप्तरीका खेलाडीहरुको सहभागिता रहेको थियो ! करिब ४० जोडी रहेको उक्त खेलमा दुईओटा इभेन्ट्स रहेको थियो भेट्रान्स डबल्स र ओपन मेन्स डबल्स ! जस अन्तरगत भेट्रान्स डबल्समा बल बहादुर कार्की र चित्र थापाको जोडी प्रथम स्थान हासिल गर्दै उपाधि जितेको छ । दिपक राई र विक्रमसिंह खड्काको जोडी दोस्रो र लक्ष जङ्ग ठकुरी र हरी प्रकाश गुप्ता तथा केशब कार्की र गोबिन्द थापाको जोडीले तेस्रो स्थान हासिल गर्यो ।
    त्यसैगरी ओपन मेन्स डबल्समा बलबहादुर कार्की र चित्र थापा प्रथम भए । हिमाल श्रेष्ठ र सरोज खवासको जोडी दोस्रो तथा रुबेन राई र वसन्त कटुवाल तथा बादल खतिवडा र मनोज खड्काको जोडीले तेस्रो स्थान हासिल गरेका थिए ।
    उदयपुर जेसीज वर्ष २०१८ का अध्यक्ष सन्तोष गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा विजेता खेलाडीहरुलाई ट्रफ्री र प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरिएको थियो ।
    स्मरण रहोस यो शाखा वर्ष २०१९ को जनवरी महिनाको क्षेत्र क को जेसीज अफ द मन्थ पाएको शाखा हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…